शुभेच्छाले भनिन अशोकलाई दुखी बनाएर जिउनु छैन मलाई (भिडियो)

चलचित्र टाइगर ‘द रियल हिरो”को नया गीतको प्रोमो सार्वजनिक गरिएको छ । केहि दिन अघि मात्रै छायांकन गरिएको ‘ तिमीलाई दुखी बनाएर जिउनु छैन मलाई’बोलको गीतको प्रोमो सार्वजनिक गरिएको हो ।
Tiger the real hero1गीतमा शुभेच्छा थापा र अशोक फुयाँललाई फिचरीङ छन ।। दुर्गा खरेलको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा शान्ति प्रियको शब्द रहेको छ ।केहि समय अघि सार्वजनिक गरिएको चलचित्रको “होला र मिलन अब हाम्रो कहिले ‘बोलको गीतले बजारमा राम्रै चर्चा पाउनुको साथै दर्शक अनि स्रोतले मन पराउनु भएको छ ।फिल्मलाई ब्यस्त निर्देशक राजु गिरीले निर्देशन गरेका हुन ।
हेर्नुहोश गीतको प्रोमो :

शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा काजोल गिरी शंकर गिरी फिल्मका निर्माता रहेका छन । फिल्ममा अशोक फुयाल, शुभेच्छा थापा, समिक्षा अर्याल, सुरज रानाभाट, दिपक कडेल, उत्तम केसी, अमित पल लगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्धन्द, मुकेश हुमागाईको छयांकन रहेको छ ।

Namaste Filmy

Read Previous

"ताण्डव"को शिर्ष गीतको ओ.एस.ट सार्वजनिक । ‘लाहुरे’ आफैले गाए

Read Next

विनयको 'रेशम फिलीली' भारतमा पनि ।