विनयको 'रेशम फिलीली' भारतमा पनि ।

[dropcap][/dropcap]छिल्लो समय नेपाली सिनेमाहरु बिदेशी बजारमा पनि छाउन थालेका छन । ताण्डव, मेरो भ्यालेन्टाइन, ठूली, सम्बोधन सँगै नयाँ फिल्म ‘रेशम फिलिली’ पनि विदेशमा बिक्रि भएको छ । यी फिल्महरुको नेपालमा रिलिज अगावै विदेश प्रदर्शन पक्का भएको हो । resham-in1‘रेशम फिलीली’ निर्माण कम्पनी भी मोसन पिक्चर्स प्रमुख तथा अभिनेता विनय श्रेष्ठ भारतमा सिनेमाको प्रदर्शन अधिकार बिक्री गरेर विहिबार नेपाल फर्किए । उनले भारतका सबैजसो नेपालीको बाहुल्यता रहेको क्षेत्रमा वितरण र प्रदर्शन अधिकार सिक्किमको ह्वाइट हर्स कम्पनीलाई बेचेका हुन । यसअघि नै कमेडी जनराको रेशम फिलिली बेलायत र अमेरिकामा बिक्री भैसकेको छ । नेपालमा भने फिल्म नयाँ बर्षको छेकोमा रिलिज गरिनेछ । प्रणव जोशी निर्देशित फिल्ममा विनय, मेनुका प्रधान, कामेश्वर चौरासियालगायतको अभिनय छ । भिजागर्ल निर्माणपछि विनयको यो दोस्रो सिनेमा हो ।

Namaste Filmy

Read Previous

शुभेच्छाले भनिन अशोकलाई दुखी बनाएर जिउनु छैन मलाई (भिडियो)

Read Next

पार्वतीलाई टक्कर दिदै यसरी नाचे तक्मे बुढा । भिडियो ।