पार्वतीलाई टक्कर दिदै यसरी नाचे तक्मे बुढा । भिडियो ।

[dropcap][/dropcap]र्चित हास्यकलाकार तथा अभिनेता तक्मे बुढा उर्फ विल्सन बिक्रम राई मज्जाले नाचेको भिडियो आउट भएको छ । भिडियोमा उनी मोडल तथा नृत्याङगना पार्वती राई सँग बराबरी नाचेका छन । कुशल अभिनेता को रुपमा चिनिने उनी यो डान्ससँगै कुशल डान्सरको रुपमा पनि चिनिचे सम्भावना देखिएको छ । wilखासमा यो फिल्म ‘हमजायगा’को एक गीत हो । फिल्मको मस्त जवानी बोलको आइटम गीत हालै मात्र सार्वजनिक गरिएको हो । सुरेन्द्र पुनको सँगीत रहेको गीतमा राजेशपायल राई र सुमिना तामाङको स्वर छ । गीतमा फिल्मका मुख्य कलाकारसमेत रहेका विल्सनले पार्वतीसँग टक्कर गर्दै नाचेका हुन । मोडलको रुपमा परिचित पार्वती राई पनि फिल्मको कलाकार हुन । कमेडी श्रेणीमा राखिएको फिल्ममा विल्सन र पार्वतीको अतिरिक्त बाबु बोगटीको पनि प्रमुख भुमिका छ । फिल्मलाई भोजबहादुर गुरुङले निर्माण गरेका हुन भने सुरेन्द्र पुनले निर्देशन गरेका हुन । फिल्म यसैबर्षभित्र रिलिज गरिने लक्ष्य राखिएको छ ।

Namaste Filmy

Read Previous

विनयको 'रेशम फिलीली' भारतमा पनि ।

Read Next

आमिरको नाङगो पोस्टर विरुद्ध अदालतमा मुद्धा ।