आमिरको नाङगो पोस्टर विरुद्ध अदालतमा मुद्धा ।

[dropcap]मि[/dropcap]स्टर पर्फेक्टनिस्ट आमिर खानको मोस्ट अवेटेड फिल्म ‘पि के’ को पोस्टर रिलिज हुनेबितिकै बलिउडमै हंगामा मच्चिएको छ । पोस्टरमा आमिर पुर्ण रुपमा नाङगो छन र उनको गोप्य अंगलाई मात्र रेडियोले छोपिएको छ ।amir khani-pk-in बिहिबार राती १२ बजे यो पोस्टर रिलिज गरिएको थियो । तर पोस्टर रिलिज हुनेबितिकै सर्वत्र विरोध हुन थालेको छ । सामजिक सञ्जालहरुमा पोस्टरलाई विरोध गर्दै बहिस्कार गर्नुपर्ने अवाजसमेत उठेका छन । त्यतिमात्र हैन उनको पोस्टरप्रति आपत्ति जनाउदै कानपुरका एक अधिवक्ताले अदालतमा मुद्धा हालेका छन । पोस्टरले अश्लीलता बढाउने भन्दै अधिवक्तासँगै केहि समाजिक अगुवाहरुको सक्रियतामा मुद्धा दर्ता गरिएको हो । उक्त मुद्धामाथि अदालतले अगस्ट ७ मा फैसला गर्नेछ । अधिबक्ताले यस पोस्टरले समाजामा यौन हिसा बढाउन सक्ने र मिडियाले पनि बहिस्कार गर्नुपर्ने बताए ।

आमिर अभिनी फिल्म ‘पि के’ यो बर्षकै बहुप्रतिक्षित फिल्म हो । फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन । फिल्ममा आमिरसँगै अनुष्का शर्मा, शुशान्त सिह राजपुत को पनि अभिनय छ । फिल्म आउदो डिसेम्बर १९ मा रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

पार्वतीलाई टक्कर दिदै यसरी नाचे तक्मे बुढा । भिडियो ।

Read Next

श्रीकृष्णको स्वास्थ्य अवस्था बुझ्न दाई दिल्ली पुगे ।"कोहिनूर'लाई 'पिजी' सर्टिफिकेट