
नायक श्रीकृष्ण श्रेष्ठको फिल्म चल्न अब ५ दिन मात्रै बाकी छ तर बिमारी भएका चलचित्रको नायक तथा निर्माता श्रीकृष्णको भने कुनै आत्तो पत्तो छैन ।महिनौ देखि सुख्खा खोकीका कारण विरामी भएपछि हनिमुन बहानामा श्रीकृष्ण श्रेष्ठ गत असार २७ गत श्रीमती उर्फ नायिका स्वेता खडकाका साथ भारत गाएका थिए । अहिले सम्म न नेपाल फर्किएका छन् न उनको अवस्था कस्तो छ केहि थाहा हुन सकेको छैन ।
यसरी श्री ठूलै रोगले ग्रसित भएको आशंका चलि रहदा हिरोइन समेत रहेकी श्रीकृष्ण पत्नी स्वेता खड्काले स्वास्थ्यको बारेमा पूर्ण जानकारी न गराउदा श्रीका दाजु मिन श्रेष्ठ स्वास्थ्य अवस्था बुझ्न दिल्ली पुगेका छन् । अब श्रीको दाई दिल्ली पुगे पश्चात श्रीको तत्तकाल अवस्था बारे केही खबर बाहिर आउन सक्ने अनुमान गर्न सकिन्छ ।सुरुमा साधारण घाटीको समस्याले खोकी लागेको कुरा बाहिर आए पनि श्रीको फोक्सोमा समस्या आएर उनलाई भारतको दिल्लीमा रहेको एक हस्पिटलमा आई. सी.यु.मा राखेर उपचार गरिएको खबर बाहिर आएको छ ।
उता नायक श्रीकृष्ण श्रेष्ठ बिरामी परेर भारतमा स्वास्थ्य उपचार गराएका छन् भने यता उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कोहिनूर’ श्रावण २३ देखि प्रदर्शनमा आउदैछ ।चलचित्र ‘कोहिनूर’ लाई अभिभावक बिना बालबालिकाले हेर्न नमिल्ने भन्दै सेन्सर बोर्डले प्यारेन्टल गाईडेन्स (पिजी) सर्टिफिकेट दिएको छ ।श्रीको ड्रीम प्रोजेक्टका रुपमा रहेको “कोहिनूर”लाई भारतको मुम्बई देखि लिएर विभिन्न शहरमा छायकंन तयार गरिएको छ ।चलचित्र नगरीमा आशा गरिएको चलचित्रको रुपमा हेरिएको चलचित्रको नायक नै यसरि बिरामी परे पछि अहिले सिंगो चलचित्र उद्धोगको ध्यान नै नायक श्रीकृष्ण श्रेष्ठ र उनले निर्माण गरेको चलचित्र ‘कोहिनूर’ तिर मोडिएको छ ।चलचित्र “कोहिनूर”लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

