सिन्धुपाल्चोकको घटनाको रमिते नबन्ने भन्दै पीडितहरुको सहयोगार्थ चलचित्र 'ठुली" युनिटले चलचित्रको बिशेष प्रदर्शन गर्दै

सिन्धुपाल्चोकको जुरेस्थित सुनकोसी नदी थुनिए  अपार धनजनको क्षती हुन गएको हुनाले उक्त प्राकृतिक दुर्घटनाका पीडितहरु को सहयोगार्थ चलचित्र “ठूली “बिशेष प्रदर्शन गरिने भएको छ ।
thuliदेशमा यत्रो ठुलो तिक दुर्घटन भएको बह्न्दै चलचित्र “ठुली ” युनिट चुप लगेर रमिते भएर न बस्ने भन्दै बरु उनीहरुको सहयोगार्थ आफुले निर्माण गरेको चलचित्रको बिशेष प्रदर्शन गरेर तेस बाट उठेको रकम पीडितहरुलाई हस्तान्तरण सहयोग गरिने भएको छ ।यहि भाद्र छ बाट प्रदर्शनमा आउन लागेको चलचित्रका निर्देशक एभरेस्ट सूर्य बोहराका अनुसार भदौ ६ गते प्रदर्शन हुने अघि कुनै दिन चलचित्रको बिशेष प्रदर्शन गरि उक्त शो बाट उठेको सम्पूर्ण रकम उक्त प्राकृतिक दुर्घटना का पीडितहरुको लागि सहयोग गर्ने छन् ।चलचित्रको वाग बजार स्थित सिटि म्याक्स सिनेमाजमा बिशेष प्रदर्शन गरिने भएको छ ।चलचित्र ‘ठुली”ले अन्य परोपकारी संघ सस्थाको सहयोगार्थ पनि बिशेष प्रदर्शन गर्ने भएको छ ।। एभरेष्ट कला यात्रा फिल्मसको ब्यानरमा पुस्कर पन्त ले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता सुनिल बस्नेत हुन । फिल्ममा नायिका गरिमा पन्त, जीवन लुइटेल, कन्चन ठकुरी, निला बस्नेत, बिशाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ ।शेर बहादुर लामाले खिचेको फिल्ममा बसन्त सापकोटाको संगीत, सुरेन्द्र बिक्रम शाहको द्धन्द, बसन्त श्रेष्ठको नृत्य तथा मित्र गुरुङको सम्पादन रहेको छ ।
kalakar sanghतेस्तै सिन्धुपाल्चोकमा गएको बाढीप्रति चलचित्र कलाकार संघले दुःख तथा समवेदना व्यक्त गरेको छ । चलचित्र कलाकार संघ अध्यक्ष नवल खड्काले एक विज्ञप्ती जारी गर्दै उद्धार तथा राहतलाई तीव्रताका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।सो प्राकृतिक दुर्घटना दिवंगतप्रति दुःख तथा समवेदना विज्ञप्ती निकाल्दै घाइतेहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धारलाई अघि बढाउन नागरिक समाज, सर्वसाधारण र संघसंस्थालाई अपिल समेत गरिएको छ ।

Namaste Filmy

Read Previous

श्रीकृष्णको स्वास्थ्य अवस्था बुझ्न दाई दिल्ली पुगे ।"कोहिनूर'लाई 'पिजी' सर्टिफिकेट

Read Next

गर्भवती अवस्थामै नाङिगइन यी हलिउड गायिका ।