मोदी भ्रमणको प्रत्यक्ष असर नेपाली सिनेमालाई ?

[dropcap]भा[/dropcap]रतीय प्रधानमन्त्री नरेन्द्र भाई मोदी आफ्नो दुई दिने भ्रमणको क्रममा आइतबार काठमण्डौ आएका छन । उनी कडा सुरक्षाको बिच विहान पउने एघार बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका थिए । विश्वकै भिआइपी ब्यक्तिको लागी नेपाल सरकारले पनि सुरक्षा ब्यवस्था कडा पार्यो । जसअनुसार दुई दिनको लागी राजधानी बन्द घोषणा गरियो । सुरक्षा संवेदनशीलता र भ्रमण ब्यवस्थापनका हिसाबले राजधानी बन्द गर्नु राम्रो हो तर निर्दोष सर्वसाधारण र मजदुरहरु भने बन्दको मारमा परेका छन । Modi Vs Nepali Cinema-inत्यति मात्र हैन नेपाली सिनेमाहरु पनि बन्दको मारमा परेका छन । प्रदर्शन भइरहेको फिल्म ‘मेरो भ्यालेन्टाइन’लाई बन्दले प्रत्यक्ष असर पार्ने निश्चित छ । फिल्मको मुख्य बजार मानिने राजधानी नै बन्द भएपछि हलसम्म दर्शक आउने सम्भावना अत्यन्त न्युन छ र फिल्मको कलेक्सन ह्वत्तै घट्न सक्छ । त्यस्तै बन्दले सलमान खान स्टारर हिन्दी फिल्म ‘किक’लाई पनि असर पार्नेछ । सवारी साधन आवगमनमा रोक लगाइएपछि हलसम्म जाने विकल्प नहुने र सिनेमा बजार सेलाउने देखिएको छ । त्यस्तै फिल्म ‘मेरो भ्यालेन्टाइन’को आइतबार हुने भनिएको प्रिमियर शो पनि नहुने भएको छ ।
यता प्रदर्शनरत फिल्मको ब्यापारमा मात्र हैन, रिलिजको लागी तयार फिल्मको पब्लिसिटीमा समेत बन्दको असर देखिएको छ । फिल्म ‘बिर्खेलाई चिन्छस’ले आइतबार गर्ने भनिएको संविधानसभा घेराऊ र र्याली लगायतका कार्यक्रम स्थगित गर्नुपरेको छ । फिल्मको समयमै सविधान लेखाउनको लागी माइतीघरदेखि बानेश्वरस्थित सविधानसभा भवनअगाडिसम्म र्यालीसहित कोणसभा गर्ने कार्यक्र थियो । त्यस्तै अन्य केहि फिल्मको सार्वजनिक कार्यक्रम तथा प्रचारका कार्यक्रम पनि राजधानी बन्दले प्रभावित बनेको छ ।

Namaste Filmy

Read Previous

गर्भवती अवस्थामै नाङिगइन यी हलिउड गायिका ।

Read Next

दर्शकसँगै 'मेरो भ्यालेन्टाइन' । फिल्मको ब्यापार उत्साहजनक ।