दर्शकसँगै 'मेरो भ्यालेन्टाइन' । फिल्मको ब्यापार उत्साहजनक ।

[dropcap][/dropcap]त शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मेरो भ्यालेन्टाइन’ उत्साहजनक ब्यापार गरेको छ । शुक्रबार औसत रहेको फिल्मको कलेक्सन एकाएक शनिबार उच्च भएको हो । शुक्रबार ५० प्रतिशत मात्र देखिएको अकुपेन्सी बढेर शनिबार ८० पुग्यो । ‘यो सबै फिल्म हेरिसकेपछि माउथ पब्लिसिटीको प्रभाव हो’- निर्माता सुशिल श्रेष्ठ भन्छन । उनका अनुसार राजधानीको विभिन्न मल्टिप्लेक्स तथा सिंगल स्कृनमा दर्शकको चाप अत्याधिक छ । Mero valantine-in आइतबारबाट भने भारतीय प्रधानमन्त्री मोदीको नेपाल आगमनको कारण राजधानी बन्द भएपछि ब्यापार घट्ने सँकेत देखिएको छ । सरकारले आइतबार र सोमबार राजधानी बन्द गरेको हो ।
यसैबीच शनिबार फिल्मको एक टोली दर्शकसँगै फिल्म हेर्नको लागी राजधानीको विभिन्न हलहरुमा पुगेका छन । राजधानीको गोपिकृष्ण, कुमारी लगायतको हलहरुमा फिल्म टोलीले दर्शकसँगै फिल्म हेर्नका साथै दर्शकको प्रतिक्रिया लिएका हुन । फिल्मबारे दर्शकले अत्यन्त सकारात्मक प्रतिक्रिया दिएको निर्देशक सुरज सुब्बा नाल्बोले बताए । नाल्बोसँगै फिल्मको मुख्य कलाकारद्धय बाबु बोगटी र निशा अधिकारी र निर्माता सुशिल श्रेष्ठ टोलीमा सहभागी थिए । टोलीले दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिनुका साथै टेलिभिजनमा अन्तरवार्तासमेत दिएका थिए ।
यता फिल्मको मोफसलबाट पनि राम्रो रिपोर्ट आएको निर्माता श्रेष्ठले बताएका छन । मोफसलको पोखरा, चितवनलगायतका स्थानमा फिल्मले शनिबार पिक अप लिएको उनको भनाई छ । Mero valantin5-in Mero valantine4-in Mero valantine3-in Mero valantine1-in

Namaste Filmy

Read Previous

मोदी भ्रमणको प्रत्यक्ष असर नेपाली सिनेमालाई ?

Read Next

'फ्रेन्डशीप डे' स्पेशल । बलिउड स्टारहरु कसको बेस्ट फ्रेन्ड को ?