'फ्रेन्डशीप डे' स्पेशल । बलिउड स्टारहरु कसको बेस्ट फ्रेन्ड को ?

[dropcap]सं[/dropcap]सारमा नाता, साइनो र सम्बन्ध धेरै हुन सक्छन । तर एउटा सम्बन्ध यस्तो हुन्छ जुन सधै आफ्नोपनको भरोसमा टिक्छ । जसको कनेक्सन सिधा दिलसँग हुन्छ । त्यो हो मित्रता । आम मानिसजस्तै बलिउडका थुप्रै स्टारहरु पनि कोहि खास ब्यक्तिहरुलाई आफ्नो बेस्ट फ्रेन्ड मान्ने गर्दछन । हेर्नूहोस बलिउड स्टारहरु को को एकअर्काको बेस्ट फ्रेन्ड हुन त ?Bollywood stars friendshipआलिया भट्ट र बरुण धवन ।
हम्टी शर्मा दुल्हनिया मा साथै काम गरिसकेका आलिया र बरुण एकअर्कालाई बेस्ट फ्रेन्ड मान्छन । बरुणको सेन्स अफ ह्युमर राम्रो रहेको र उनको सहयोगी मन भएको अलियाको तर्क छ ।
सलमान खान र सञ्जय दत्त ।
सलमान खान र सञ्जय दत्त बलिउडको अत्यन्त मिल्ने साथी हुन । अहिले सञ्जय निकै नराम्रो परिस्थितिबाट गुज्रिरहेको बताउदै सलमानले आफुले अत्यन्तै मिस गरिरहेको बताए । यी दुईले कयौ फिल्मसँगै बिग बोस ६ मा पनि साथै काम गरेका थिए ।
करिना कपुर र अमृता अरोडा ।
अमृता अरोडा आफ्नो सबैभन्दा मिल्ने साथी भएको करिना कपुर बताउछन । गोलमाल रिटन्र्स मा संगै काम गरेका यी दुई अहिले पनि आफ्नो आन्तरिक कुराहरु शेयर गर्छन र सँगै सपिङमा पनि जाने गर्दछन ।
अभिषेक बच्चन र सिकन्दर खेर ।
अनुपम खेरका छोरा सिकन्दर खेर आफ्नो बेस्ट फ्रेन्ड बताउछन अभिषेक बच्चन । सिकन्दरलाई भेट्दा सबै कुरा बिर्सने अभिषेक बताउछन । उनीहरु बच्चपनदेखिकै साथी हुन ।

Namaste Filmy

Read Previous

दर्शकसँगै 'मेरो भ्यालेन्टाइन' । फिल्मको ब्यापार उत्साहजनक ।

Read Next

के नायिका हर्षिका श्रेष्ठ नाङगै भेटिएकी हुन त ? भिडियो ।