२०० करोड क्लबमा सलमान खानको 'किक' ।

[dropcap][/dropcap]लिउड स्टार सलमान खान अभिनित फिल्म ‘किक’ले अन्तत २०० करोड क्लबमा इन्ट्रि गरेको छ । अघिल्लो शुक्रबार अर्थात २५ जुलाईमा रिलिज भएको फिल्मले सोमबारसम्म २०० करोड भन्दा माथीको ब्यापार गरेको हो । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै यो कुराको पुष्टि गरेका हुन ।kick_650_080414044511 फिल्मले उत्कृष्ट ओपनिङ गर्दै पहिलो सातामा १६४ करोडको नेट कलेक्सन गरेको थियो । दोस्रो साताको आइतबारसम्म फिल्मले १९८ करोड कमाएको थियो भने सोमबार ४ देखि ५ करोड कमाएको रिपोर्ट छ ।
२०० करोड कमाउने सलमान खान अभिनित यो नै पहिलो फिल्म हो । यसअघि उनको फिल्म ‘एक था टाइगर’ ले १९८ करोड कमाएका थिए । २०० करोड क्लबमा भने आमिर खानको ‘थ्री इडियटस’, ‘धुम ३’, ऋतिक रोशनको ‘क्रिस ३’ र शाहरुख खानको ‘चेन्नई एक्सप्रेस’ रहेका छन । यसबाहेक अन्य कुनै फिल्महरुले हालसम्म २०० करोड कमाउन सकेको छैन ।
त्यस्तै फिल्म ‘किक’ले नेपालमा पनि ३ करोड भन्दा बढीको ब्यापार गरेको छ । योसँगै फिल्मको ओभरसिज कलेक्सन पनि ५० करोभन्दा बढी रहेको बताइएको छ । फिल्ममा सलमानको अपोजिटमा ज्याकलिन फर्नान्डिज छन । त्यस्तै मिथुन चक्रवर्ती, नवाजुद्दिन सिद्दीकी, रणदीप हुड्डा लगायतको पनि फिल्ममा अभिनय छ ।

Namaste Filmy

Read Previous

भ्रस्टाचारको बिरुद्दको तीजको गीतमा दीपक खाँड

Read Next

रुकमान भन्छन : 'हेरेर मान्छेलाई चिन्छु नभन' । भिडियो ।