फ्राइडे रिलिज :"कोहिनुर" र ‘शीशा’

फ्राइडे रिलिज : फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात श्रावण गते गतेबाट दुई चलचित्र “कोहिनुर” र ‘शीशा’ प्रदर्शनमा आएको छ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएका चलचित्र “कोहिनुर” र ‘शीशा’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियोसहित )
“कोहिनुर”kohinurफ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका प्रमुख सिनेमा घरबाट चलचित्र “कोहिनुर”प्रदर्शनमा आएको छ । नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र ‘कोहिनुर’यति बेला श्री फोक्सोमा पानी जमेका कारण दिल्लीमा उपचार गरेर बसेका कारणले पनि बडी चर्चामा रहेको छ ।मुम्बईमा बेचिएकी चेलीको कथामा निर्माण गरिएको चलचित्र ‘कोहिनुर’आकाश अधिकारीले निर्देशन गरेका हुन् ।श्रीकृष्ण श्रेष्ठ ,स्वेता खड्का, मिथिला शर्मा , सम्राट सापकोटा आदिको अभिनय रहेको ‘कोहिनुर’को कथा भने निर्देशन आकाश अधिकारी रहेको छ ।बनिश शाहको सम्पादन ,राजु बिक्रम थापाको छायांकन ,बसन्त श्रेष्ठको नुत्य रहेको चलचित्र यस बर्षकै सबै भन्दा आशा गरिएको चलचित्रको रुपमा हेरिएको छ । २ घन्टा २८ मिनेट लामो यस चलचित्रलाई शुक्रबारनै दर्शक, मिडिया र केही फिल्म मेकरहरुको उपस्थितीमा स्पेशल शो गरिदै छ ।चलचित्र ‘कोहिनुर’मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म प्रदर्शन आएको हो ।

‘शीशा’sisha-nepalifilm-inफ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘शीशा’पनि प्रदर्शनमा आएको छ ।आरबीके शरद निर्देशित चलचित्र ‘शीशा’ लाई चलचित्र ‘शीशा”लाई ननस्टप क्रियशनको व्यानरमा मधुसुदन ढकाल, महेस ढुङ्गाना, अजिता सुमार्गीले मिलेर निर्माण गरेका हुन् ।सिक्किमका विभिन्न स्थानहरुमा छायांकन गरिएको फिल्ममा भारतीय फुटबलक पूर्व क्याप्टेन भाई चुङ्ग भुटिया समेतको अभिनय रहेको छ ।चलचित्रमा भाई चुङ्ग भुटियाको अलाबा जीवन लुईंटेल, रागिनी खड्गी, उमा बेबी, शान्ती गिरी, दिपेश भण्डारी लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।फिल्ममा तारा थापाको सम्पादन, लक्की सिटौला र मनोज सिंहको संगीत तथा कमल राई र दिनेश अधिकारीको नृत्य रहेको छ । २ घन्टा १५ मिनेट लामो चलचित्र ‘शीशा’ लाई रोमान्स, एक्सन र सोसल ड्रामा जनरामा राखिएको छ ।

 

Namaste Filmy

Read Previous

प्रियंकाले किनिन एक सय करोडको बंगला ।

Read Next

नेपाल टेलिभिजनको अध्यक्षमा चलचित्रकर्मी नीर शाह