नेपाल टेलिभिजनको अध्यक्षमा चलचित्रकर्मी नीर शाह

नेपाल टेलिभिजनको अध्यक्षमा बरिष्ठ चलचित्रकर्मी नीर शाह नियुक्त हुनु भएको छ ।विहिबार बेलुका बसेको मन्त्रीपरिषद बैठकले नीर शाहलाई अध्यक्षमा नियुक्त गरेको हो ।नीर शाहको यो नीर शाह पटक हो नेपाल टेलिभिजनको अध्यक्षमा हुनु भएको यस अघि शाहले २०४२ पछि झण्डै दश बर्ष सरकारी टेलिभिजनको अध्यक्षको रुपमा काम गरि सक्नु भएको छ
Nir-Shahविहिबारको मन्त्रीपरिषद बैठक संचारमन्त्री मीनेन्द्र रिजालले शाहको नाम प्रस्ताव गर्नु भएको थियो ।केहि समय अघि हार्ट अट्याक भै बिरामी पर्नु भएको शाह स्वास्थ्य लाभ गरिरहनु भएको छ भने उहाले आउँदो आइतबारदेखि कार्यभार सम्हाल्ने जनाइएको छ ।शाहले सरकारको यो निर्णयबाट आफू अत्यन्त खुशी भएको भन्दै अब नेपाल टेलिभिजनलाई फरक तरिकाले छाउने भन्दै सरकारी मिडियामा नयाँ पन ल्याउने समेत बताएका छन् ।अघिल्लो संबिधान सभाको चुनाबको बेलामा एकीकृत माओवादीका को नजिक देखिएका शाह गएको संबिधान सभाको चुनाबमा नेपाली काँग्रेसका प्रवेश गरेका थिए ।यसरि नेपाली काँग्रेसका समर्थक भएकोले नै शाहलाई सञ्चारमन्त्री मीनेन्द्र रिजालको पहलमा टेलिभिजनको अध्यक्ष बनाईएको बताईन्छ ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज :"कोहिनुर" र ‘शीशा’

Read Next

प्रशान्त तामाङ रमाइलो गाँउमा घुम्दै (भिडियोसहित)