प्रशान्त तामाङ रमाइलो गाँउमा घुम्दै (भिडियोसहित)

भाद्र २७ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र “निशानी”को नया गीत सार्वजनिक गरिएको छ । ” अच्छा लेकिन क्या बात “बोलको गीतलाई शर्मिला गुरुङ ,अर्जुन सुनाम र बीबी अनुरागीको स्वर रहेको छ भने संगीतबीबी अनुरागीको र शब्द सुमन श्रापिको रहेको छ ।
nishaniविनोद सेरेङले  निर्देशन गरेको चलचित्र निशानीलाई सिनाई कमर्सियल प्रा लिको प्रस्तुति रहेको फिल्ममा प्रेम सुब्बा सहित सरोज भण्डारी, ललिता सेरेङको लगानीमा  निर्माण गरिएको हो। फिल्ममा बिनोद सेरेङकै कथा, संवाद रहेको छ भने युबराज राई को छायांकन , जनक गुरुङको द्धन्द, गोविन्द राई र शिव शर्माको नृत्य, विपिन मल्ल र सुरज श्रेष्ठ , स्वं. साम्भा पटिल को मेकअप रहेको छ ।फिल्ममा इडियन आइडल प्रशान्त तामाङ को मुख्य अभिनय रहेको छ भने प्रेम सुब्बा, जयनन्द लामा, सिरु बिष्ट, कोपिला थापा, सुरज भट्ट, अनु गुरुङ, बिष्णु चेम्जोङ लगायत सिक्किममा रहेका गोर्खाली सेनाको समेत अभिनय रहेको छ ।वीर गोर्खालीको कथालाई मुख्य विषयबस्तु बनाइएको फिल्म “निशानी”सन १९९९ मा भारत र पकिस्तानको सिमाना खालुवार र कार्गिलमा भएको युद्धमा भारततर्फबाट पकिस्तानबिरुद्ध युद्ध लडदा वीरगति प्राप्त गरेका १४ गोर्खालीहरुको बास्तविक कथामा आधारित रहेको छ ।
गीत हेर्नुहोश :

 

Namaste Filmy

Read Previous

नेपाल टेलिभिजनको अध्यक्षमा चलचित्रकर्मी नीर शाह

Read Next

‘कोहिनूर’ को विशेष शो ।पहिलो दिन चलचित्रको कलेक्सन एभरेज