बलिउडकै महंगो फिल्म शुद्धि मा दिपिकाको इन्ट्री हुन सक्ने ।

बलिउडकै सार्वधिक महंगो मानिएको फिल्म शुद्धि बाट ऋतिक रोशन ले हात झिके लगतै नायिका पनि फेरिने सम्भावना देखिएको छ । सुरुमा करिना कपुरलाई फिल्ममा लिने कुरा भए तापनि उनको फिल्महरु लगातार फ्लप भएकोले दिपिका पादुकोणलाई फिल्ममा लिने कुरा निर्माण युनिटको थियो । तर पछि करिनालाई नै फाइनल गरिएको र ऋतिक र करिनाको जोडि फिल्ममा देखिने बताएका थिए ।16-18-deepika-padukone-612एक्लो जीवन बिताइरहेका ऋतिकले एकाएक स्वाश्थ्यमा समस्या भएको बताउदै शुद्धिमा काम गर्न नसक्ने जनाएपछि फेरी करिनाको स्थानमा दिपिकालाई ल्याउन सक्ने सम्भावना रहेको बताइएको छ । यता ऋतिक ले फिल्मबाट हात झिकेलगतै उनको स्थानमा रणवीर सिंहलाई खेलाइने फाइनल भैसकेको छ । करिब १५० करोड लागतमा निर्माण हुने यस फिल्मलाई करण मल्होत्राले निर्देशन गदैछ । करण जोहरको निर्माणमा तयार हुने यस फिल्म कलाकारको फाइनल भएलगतै छिट्टै सुटिङमा जानेछ ।

Namaste Filmy

Read Previous

kuntha Title Song

Read Next

मोडल तथा नायिका क्षितिजा शाक्य दुबही तताएर नेपाल फर्कदै ।