मोडल तथा नायिका क्षितिजा शाक्य दुबही तताएर नेपाल फर्कदै ।

राजेन्द्र कार्की, हेटौडा।

1927221_442277669235610_192237056_aदुबहीमा भएको एक कार्यक्रममा भागलिई मोडल तथा नायिका क्षितिजा शाक्य आज नेपाल फर्कन्दै छिन् । उहाँ कार्यक्रमका लागि माघ २९ गते अर्थात फ्रेवरी १२ तारिखमा प्रस्थान गरी आज १६ तारिखका दिन नेपाल फर्कन लाग्नु भएको टेलिफोन मार्फत जानकारी दिनु भएको छ । राजधानी काठमाण्डौं स्थित मुलपानीमा इन्डोर क्रिकेट ग्राउण्ड निमार्णको सहयोगार्थ एनआरएन कृष्ण भुजेलको नेतृत्वमा प्रस्थान गर्नु भएकी नायिका शाक्यले १३ र १४ तारिखका दिन नृत्य प्रस्तुत गरी दुबहीमा धुम मचाउनु भयो । चलचित्र लुटको गीत उध्रेको चोली, माइती घरको बसन्त नै बस्न खोज्छ… र आफुद्धारा अभिनित चलचित्र फोर्सको गीतमा नृत्य गर्दा चिसो दुबही स्थित अलऐन जोर्डनी कल्बको थ्रेटर र केरला सोसिएल सेन्टर माहोल नै रन्केको थियो । दोस्रो दिन प्रेम दिवस (भ्यालेन ट्यान डे) पनि परेको हुँदा दुबही स्थित नेपालीहरु उक्त कार्यक्रम हेर्न उपस्थित हुँदा थे्रटर खचाखच भरिनुका साथै हुट्टीङ्गका कारण आयोजकहरुलाई माहोल सम्हाल्न गाह्रो गाह्रो पारेकोे थियो । विदेशमा गएर नेपाली दर्शकहरुलाई नेपाली नृत्य प्रस्तुत गर्दा रमाईलो मात्र होइन, उहाँहरुले हामीलाई गर्नु भएको सहयोग सत्कारबाट उहाँहरु प्रति धेरै नै आभारी पनि भएको छु ।”नायिका शाक्यले भन्नु भयो । कार्यक्रमको क्रममा गायक राजेश पायल राई, हास्यकलाकार नारद खतिवडा पनि सामेल हुनु हुन्थो । दुबही स्थित नेपाली कलाकारहरु रुन्चे गायक प्रकाश पौडेल, रेखा घिमिरे, जुनु नेपालीले पनि आफ्नो कला प्रस्तुत गर्नु भएको थियो ।1903393_442277632568947_690960896_nकुनै समय मोडलिङ्गबाट काम, नाम र दाम कमाउनु भएकी शाक्यको चलचित्र सन्त्रास, मिस नेपाल र फोर्सको रिजिजको प्रतिक्षमा हुनु हुन्छ । मिस नेपाल यहि फागुण १६ गते देखि अल नेपाल रिलिजको तयारीमा रहेको छ । स्मरणरहोस् उहाँ कुशल नृत्गांना का साथै फेशन डिजाइनर पनि हुनु हुन्छ । टेलिफोन मार्फत भएको कुराकानीमा दुबही स्थित नेपालीहरु प्रति हार्दिक आभारका साथै एनआरएन कृष्ण भुजेललाई धन्यवाद ब्यक्त गर्नु भएको छ ।

Namaste Filmy

Read Previous

बलिउडकै महंगो फिल्म शुद्धि मा दिपिकाको इन्ट्री हुन सक्ने ।

Read Next

दिपा बस्नेत नयां फिल्म निर्देशनमा । कलाकारको छनौट गरिदै ।