'टाइगर द रियल हिरो' नयाँ गीत रिलिज । भिडियो ।

[dropcap]ने[/dropcap]पाली कथानक चलचित्र टाइगर द रियल हिरोको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । तिमीलाई दुखी बनाएर जिउनु छैन मलाई बोलको गीतमा नायक अशोक फुयाँल र नायिका शुभेच्छा थापा फिचरिङ छन । Tiger the real hero-inयसअघि यहि गीत महिला अवाजमा सार्वजनिक भइसकेका छन । पुरुष भर्सन भने हालै सार्वजनिक गरिएको हो । गीतमा शिव परियारको स्वर रहेको छ भने अर्जुन पोखरेलको सँगीत रहेको छ ।
ब्यस्त निर्देशक राजु गिरीको निर्देशन रहेको फिल्म टाइगर द रियल हिरो लाई शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्म हो । फिल्ममा अशोक र शुभेच्छाका अलवा सुसान्त कार्की, सुरज रानाभाट, समिक्षा अर्याल लगायतको अभिनय रहेको छ । फिल्मलाई आउदो फुलपातीबाट रिलिज गर्ने लक्ष्य राखिएको छ ।

Namaste Filmy

Read Previous

श्रीकृष्णको शव सोमबार मात्र नेपाल ल्याइने ।

Read Next

श्रीकृष्ण को शव २:३० बजे नेपाल आइपुग्ने ।