दिपा बस्नेत नयां फिल्म निर्देशनमा । कलाकारको छनौट गरिदै ।

अन्तराल फिल्म निर्देशन गरेर चर्चा बटुलेकी निर्देशक दीपा बस्नेतले नयाँ फिल्म निर्देशन गर्ने भएकी छिन् । चैत पन्ध्र गतेबाट सुटिङ प्रारम्भ गरिने फिल्मको नाम भने तय भैसकेको छैन ।
deepa_inनयाँ फिल्मको कथाका लागि अन्तरालकै लेखक अभिमन्यु निरवी यतिखेर व्यस्त छन् । जीवनसाथी फिल्मस् र ट्रु इन्टरटेनर बिच फिल्ममा लगानी गर्ने सम्झौता भएको छ । फिल्मको निर्माण बारे भ्यालेन्टाइन डेको अवसर पारेर घोषणा गरिएको थियो । फिल्मको कलाकार अडिसनद्धारा छनोट गरिने जीवनसाथी फिल्मस्का प्रमुख जीवनसाथी बस्नेतले बताए । महिला तथा पुरुष मुख्य कलाकारको लागि  फागुन ६ गतेसम्म अडिसन मिति खुला रहेको बताउँदै ईच्छुक कलाकारलाई अडिसनको लागि बस्नेतले आग्रह गरेका छन । अडिसनको लागि धुम्वाराहिको ट्ररुको कार्यालमा सम्पर्क राख्न सकिनेछ । जीवनसाथी फिल्मस्को दोस्रो फिल्म ुवनफुलु प्रदर्शनको क्रममा छ ।

Namaste Filmy

Read Previous

मोडल तथा नायिका क्षितिजा शाक्य दुबही तताएर नेपाल फर्कदै ।

Read Next

'गुन्डे' को गुन्डागर्दी । सय करोड कमाउने सम्भावना ।