'गुन्डे' को गुन्डागर्दी । सय करोड कमाउने सम्भावना ।

फाल्गुन ४ ।

भ्यालेन्टाइन डेको दिनबाट रिलिज भएको हिन्दी फिल्म ‘गुन्डे’ले बक्स अफिमा औसत कलेक्सन गरिरहेको छ । समीक्षकहरुका अनुसार भने यसलाई फिल्मको राम्रो कमाइ मान्नुपर्ने भनाइ छ । फिल्मले रिलिजको दिन शुक्रबार १५.५ करोड कमाएको थियो भने दास्रो दिन शनिबार ११.५ करोड कमाएको थियो । तेस्रो दिन आइतबारको कमाई अनुमान गर्दा तीन दिनमा फिल्मले ४० करोडको ग्रस कलेक्सन गरेको जनाइएको छ ।gunday_1368097235फिल्म बिश्लेषकहरुको अनुसार गुन्डेको लागी यो कलेक्सन पर्याप्त रहेको बताइन्छ । यो आंकडाअनुसार हेर्ने हो भने गुन्डेले सजिलै १०० करोड कमाउने समीक्षकहरुको दाबी छ । उनीहरुका अनुसार फिल्म सन २०१४ कै हिट फिल्म बन्न सक्ने भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ । भारतमा मात्रै करिब २८०० पर्दामा लागेको फिल्म पकिस्तान, भुटान लगायतका देशमा पनि लागेको थियो । यता नेपालमा पनि प्रदर्शन भइरहेको फिल्मले औसत दर्शक पाइरहेको बितरकहरुले जनाएका छन । अली अब्बास जफर द्धरा निर्देशित फिल्म गुन्डेमा अर्जुन कपुर, रणवीर सिह, प्रियंका चोपडालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

दिपा बस्नेत नयां फिल्म निर्देशनमा । कलाकारको छनौट गरिदै ।

Read Next

पुरुषोत्तम न्यौपानेले कुर्ता सुरुवाल गाउदा उफ्रिए दर्शक