श्रीकृष्णको अन्त्यष्टि, भावविह्वल स्वेता । फोटो फिचर ।

[dropcap]दि[/dropcap]ल्लीमा निधन भएका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठको सोमबार राती पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । सोमबार राती करिब ९ बजे उनको सरकारी सम्मानका साथ अन्तेष्टि गरिएको हो । उनलाई जेठा दाजु रामकृष्ण श्रेष्ठले दागबत्ती दिएका थिए । बुझिएअनुसार रामकृष्ण नै उनको किरीया बस्नेछन ।IMGL4575पशुपति आर्यघाटमा श्रीकृष्णको पार्थिव शरीरमा सरकारका तर्फबाट उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह तथा सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओढाएर सम्मान दिएका थिए । यस्तै नेपाल प्रहरीले पनि सम्मानस्वरुप सलामी दिएको थियो । उनको अन्तिम बिदाईका लागि पशुपति क्षेत्रमा हजारौं समर्थकहरु उपस्थित थिए । यसैबीच श्रीकृष्णको निधन प्रति प्रधानमन्त्री शुशील कोइराला, पुर्वराजा ज्ञानेन्द्र शाह, नेता रामचन्द्र पौडेल लगायतले शोक ब्यक्त गरेका छन ।shreekrishna-dead-body-at-ktm-2श्रीकृष्णको शवलाई सोमबार नै शबलाई दिल्लीबाट नेपाल ल्याइएको थियो । सोमबार दिउसो करिब ३ बजे त्रिभुवन विमानस्थल आइपुगेको शव बृहत शवयात्रासहित प्रज्ञा प्रतिष्ठान लगिएको थियो । प्रशंसक र शुभचिन्तकको अनियन्त्रित भीड बढेपछि उनको शवलाई प्रतिष्ठानमा नराखी सीधै आर्यघाट लगिएको थियो ।shweta khadka-inआर्यघाटमा उनलाई अन्तिम श्रद्धान्जली दिनका लागि नेपाली चलचित्र क्षेत्रका कलाकारलगायतहरु तथा विभिन्न राजनीतिक दलका नेताहरु तथा सरकारका मन्त्रीहरुको उपस्थति रहेको थियो । अन्तिम श्रद्धान्जली दिनेमा एमाओवादी अध्यक्ष प्रचण्ड, गृहमन्त्री बामदेव गौतम, कानुनमन्त्री नरहरी आचार्य, लगायत उपस्थित थिए । त्यस्तै नेपली फिल्म उद्योगका अधिकांश फिल्मकर्मीहरु पनि श्रद्धाञ्जलीका लागी उपस्थित थिए । महानायक राजेश हमाल, शिव श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषल, राजकुमार राई, झरना थापा लगायत कयौ कलाकार तथा फिल्मकर्मीले श्रद्धादाञ्जली अर्पण गरे ।
श्रीका गत आइबार बोन क्यान्सरका कारण दिल्लीमा उपचरको क्रममा निधन भएको हो । उनी एक महिना अघि मात्र विवाह गररेर हनिमुनको लागी भन्दै भारत गएपनि उपचारमा ब्यस्त भएका थिए ।IMGL4758 sweta7

Namaste Filmy

Read Previous

'इटस इन्टरटेन्टमेन्ट'ले कमायो तीन दिनमा ३६ करोड ।

Read Next

हलिउड अभिनेता रविन विलियम्सको निधन ।