हलिउड अभिनेता रविन विलियम्सको निधन ।

[dropcap][/dropcap]लिउडमा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनले सान्नाटा छाएको बेला हलिउडमा पनि चर्चित अभिनेताको निधन भएको छ । हलिउडका ओस्कार विजेता अभिनेता रविन विलियम्स मंगलबार मृत फेला परेका हुन ।robin-williams1 उनको मृत्युलाई प्रहरीले आत्महत्या हसन सक्ने बताएको छ । ६३ वर्षीय नायक रबिन पछिल्लो केहि समयदेखि डिप्रेसनमा थिए जुन उनको मृत्युको मुख्य कारण हुन सक्ने अनुमान छ ।
समाचारअनुसार  स्थानिय समयअनुसार दिउँसो ११ बजे घटनाको बारेमा जानकारी प्राप्त भएको थियो । प्रहरीले यो एक सुसाइड केश हुनसक्ने अनुमान गरे पनि पुष्टि भने नभइसकेको बताइन्छ ।
सन् १९९७ मा रिलिज भएको फिल्म ‘गुडविल हंटिङ्ग’ का लागि उनलाई सर्वश्रेष्ठ अभिनेताका लागि ओस्कार अवार्ड प्रदान गरिएको थियो ।
विश्वचर्चित अभिनेता रविनको ‘फिसर किंग’, ‘डेड पेइट्स सोसाइटी’, ‘गुड मर्निङ, भियतनाम’, ‘वान नाइट इन म्यूजियम’ र ‘जुम्बाजी’ जस्ता फिल्महरु सम्झना योग्य फिल्महरु हुन ।

Namaste Filmy

Read Previous

श्रीकृष्णको अन्त्यष्टि, भावविह्वल स्वेता । फोटो फिचर ।

Read Next

'ताण्डव' गीतमा लाउरेको फोहरी 'युद्ध' । भिडियो ।