पुरुषोत्तम न्यौपानेले कुर्ता सुरुवाल गाउदा उफ्रिए दर्शक

राजु चौधरी ,चितवन, फागुन ४
चितवन उद्योग संघको आयोजनामा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० मा पानीको प्रभाव नै नगरि दर्शकहरुले अवलोकन गर्न थालेको छ । आज चौथो दिन पनि प्रदर्शनीमा उल्लेखीय दर्शकहरुले अवलोकन गरेको प्रचार–प्रसार समितिका संयोजक राजु पौडेलले जानकारी दिनुभयो । प्रदर्शनीमा आउने दर्शकहरु सांगितिक प्रस्तुतीमा झुम्ने गरेका छन् । आज चौथो दिन चर्चित लोक गायक पुरुषोत्तम न्यौपाने र अन्य स्थानिय कलाकारहरुले सांगितिक प्रस्तुती देखाएका थिए । गायक पुरुषोत्तम न्यौपानेमा गीतमा दर्शकहरु निकै समय सम्म झुमेका थिए । उनले कुर्ता लगाउदा त यस्तो, गुनियो चोलो लगाउदा त झनै भन्ने गीत गाएपछि एकाएक सांगितिक माहोल तात्न पुगेको थियो । कुर्ता पहिरनमा पुगेका नर्सिङ विद्यार्थीहरु पहिरन र गीतको बोल मिलेपछि मञ्च अगाडि माहोल नै फरक बनेको थियो ।
unnameeed
गायक न्यौपानेले ‘मुग्लिन हुदै बुटवल सरर, लगायतका आधा दर्जनभन्दा बढि गीत प्रस्तुत गरे । उनको गीतमा दर्शकहरु उफ्रदै नाच्दै रमाइलो गरेका थिए । यस्तै रत्ननगर कलामन्दिरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । संघका अध्यक्ष एवं प्रदर्शनी मुल समारोह समितिका संयोजक कृष्णप्रसाद अधिकारीले दर्शकहरुको उल्लेखीय उपस्थितिको भन्दै अझै वर्षा नभए दर्शकको संख्या बढ्न सक्ने बताउनुभयो । प्रदर्शनीमा चर्चित राष्ट्रिय तथा स्थानिय कलाकाहरुको प्रस्तुती रहने भएकाले पनि वर्षाको बाबजुत पनि दर्शकको संख्यामा कमि नआएको उहा“ले बताउनुभयो ।
unnaeemedप्रर्दशनी अन्तरगत भोली (सोमबार) पनि विविध सास्कृतिक कार्यक्रमहरु हुदैछ । भोली अहिलेका चर्चिक गायक÷गायिका कमल खत्री, आस्था बी, सौजन्य सुब्बा, चितवन आईडल, स्थानिय गायक तथा डान्सिङ स्टारका टपटेन प्रतियोगिहरुको प्रस्तुती रहने कला तथा सा“स्कृतिक व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठले जानकारी दिनुभयो । unnamedcc

Namaste Filmy

Read Previous

'गुन्डे' को गुन्डागर्दी । सय करोड कमाउने सम्भावना ।

Read Next

पोखरामा झोलेको प्रिमियर , दर्शकहरुको मिश्रित प्रतिक्रिया(फोटो फिचर सहित )