शाहरुखले भने : 'हामी पनि नाङगो पोस्टर लन्च गर्छौ' ।

[dropcap]हा[/dropcap]लै एक रहस्य खुलेको छ । बलिउड स्टार शाहरुख खानले आफुहरु पनि नयाँ फिल्म ह्याप्पी न्यु इयरको लागी नाङगो पोस्टर सार्वजनिक गर्ने बताएका छन । तर उनले ठट्टा गर्दै भनेका हुन । सञ्चारकर्मीले आमिर खानको न्युड पोस्टर बारे प्रश्न सोधेर हैरान पारेपछि उनले यस्तो जवाफ दिएका हुन । उनले सञ्चारकर्मीको प्रश्नमा भने हामी पनि लन्च गर्दैछौ बिना कपडाको पोस्टर ।shahrukh_khan_inउनले आफु र समकक्षी साथीहरु बिच कुनै तुलना नहुने बताउदै उनीहरुको पोस्टर उनीहरुकै र आफ्नो पोस्टर आफ्नै भएको बताए । आफुले तुलनामा कुनै बिश्वास नगर्ने पनि उनको भनाई थियो ।
त्यस्तै शाहरुखले पिके किक सबै फिल्महरु सफल हुनुपर्ने र सबै फिल्मले दर्शकलाई मनोरञ्जन दिनुपर्ने बताए । शाहरुखले उनको नयाँ फिल्म ह्याप्पी न्यु इयरको म्युजिक लन्च समारोहमा यस्तो अभिब्यक्ति दिएका हुन । रेड चिलीज एन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्म ह्याप्पी न्यु इयर भने २४ अक्टोबरमा रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

शनिबार ‘कोहिनुर’को कलेक्सन एक करोड । देशैभर हाउसफूल

Read Next

‘स्टुपिड मन’को ट्रेलर सार्वजनिक ।जीवनले अभिनय गरेको अहिले सम्मकै उत्कृष्ट चलचित्र बनेको दाबी (भिडियोसहित)