पोखरामा झोलेको प्रिमियर , दर्शकहरुको मिश्रित प्रतिक्रिया(फोटो फिचर सहित )

शुसन घिमिरे, पोखरा ,फाल्गुन ५ ,सोमबार
नेपाली सिनेमा क्षेत्रमा कमै मात्रमा प्रिमियर शो आयोजना गर्ने गरिन्छ । केही सिनेमाहरुले मात्र रिलिज पूर्ब आफ्नो फिल्मको प्रिमियर गर्ने गर्दछन् त्यो पनि राजधानी भित्र मात्र तर आगामी फाल्गुन ९ गतेबाट प्रर्दशनमा आउन लागेको डार्क कमेडि फिल्म झोले को पोखराको श्रीकृष्ण चलचित्र मन्दिरमा रेड कार्पेट प्रिमियर गरिएको छ ।
1940242_604434296305168_696385070_nयसअघि धरानमा प्रिमियर सम्पन्न गरेको झोले ले पोखरामा आईतबार प्रिमियर आयोजना गरेको हो । सांझ ६ बजे हुने भनिएको प्रिमियर शो प्रतिकुल मौसमले गर्दा करिब ७ बजे देखी शुरु भएको थियो । प्रिमियरमा फिल्मका मुख्य पात्र अभिनेता दयाहङ राई तथा अभिनेत्री प्रियंका कार्की ,पूर्ब मिस नेपाल मल्भिका सुब्बा लगाएत कलाकारहरुको उपस्थिती रहेको थियो ।
1922663_604444052970859_1330761519_nउक्त प्रिमियरमा संचारकर्मी हरुको उपस्थिती भने न्युन रहेको थियो । दर्शक हरु संगै हलमा बसेर फिल्म हेरेका कलाकारहरुले फिल्म सकिएपछि दर्शक हरु संग प्रतिक्रिया लिएका थिए । दर्शकहरुले फिल्म ठिकै रहेको बताउदै अभिनेता दयाहङ राईको अभिनयको खुलेरै प्रशंसा गरेका थिए भने कतिपय दर्शकहरुले फिल्म  राम्रै  भएको भन्दै हल बाट बाहीर निस्केका थिए ।
1927158_604444049637526_1985400431_nयसअधि ब्लकबस्टर सिनेमा चपाली हाईट र नेपालकै पहिलो थ्रिडि सिनेमा भिजिलान्ते निर्देशन गरेका खनालको यो सिनेमा लाई बर्ष २०७० को महत्वकांक्षी सिनेमा रुपमा लिईएको थियो । डार्क कमेडि फिल्म झोले मा दयाहङ , प्रियंका , ए गुरुङ , शंकर आर्चाय लगाएत कलाकारहरुको अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मका निर्माता टेकेन खड्का हुन् ।कथा शान बस्न्यात ले लेखेका हुन् । प्रर्दशन अघि मिश्रीत प्रतिक्रिया पाएको झोले ले सार्वजनिक प्रर्दशन पश्चात दर्शकहरुको साथ र प्रतिक्रिया कस्तो पाउंछ त्यो फाल्गुन ९ गते पछि नै थाहा हुने छ ।
फोटो ..राकेश गुरुङ
 
1964441_604434292971835_1482499076_n 1960213_604434302971834_226058736_n 1960342_604434299638501_1666550363_n
 
 

Namaste Filmy

Read Previous

पुरुषोत्तम न्यौपानेले कुर्ता सुरुवाल गाउदा उफ्रिए दर्शक

Read Next

नेपाली हिरोइन हिन्दि सिरियल हुदै फिल्म खेल्दै ।