हिरोइन बन्दैछिन पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ ।

[dropcap]पु[/dropcap]र्व मिस नेपाल सृष्टि श्रेष्ठ हिरोइन बन्ने तयारीमा छिन । उनी निगम श्रेष्ठले निर्देशन गर्ने नयाँ फिल्मबाट हिरोइनको रुपमा डेब्यु गर्ने तयारीमा छिन । निगमले यसअघि फिल्म ‘छड्के’ निर्देशन गरेका थिए । सर्वत्र चर्चा कमाएपनि फिल्म ‘छड्के’ सफल हुन नसकेपछि नयाँ फिल्ममा पुर्व मिस नेपाललाई हिरोइन बनाउने तयारी निगमले गरेका हुन । । फिल्मको नाम भने तय हुन बाँकी छ । Shrestha-shrestha-inफिल्मको लागी तयारी स्वरुप सृष्टि हाल अभिनय प्रशिक्षण लिइरहेकी छिन । उनलाई सुनिल पोखरेलले बिशेष प्रशिक्षण दिइरहेको बताइन्छ । यसअघि सृष्टिले फिल्म तिर आफ्नो इन्ट्रेस्ट नभएको बताउदै आएकी थिइन । फिल्म आफ्नो प्रायोरिटीमा नपर्ने बरु फेशनमा केहि गर्ने बताउने सृष्टि अब भने फिल्मको हिरोइन बन्दैछिन । यसअघि पनि मिस नेपालहरु फिल्ममा खासै स्थापित हुन नसकीरहेको बेला सृष्टिको भने राम्रो सम्भावना देखिएको छ । चितवन स्थायी घर भएकि सृष्टिले २०१२ मा मिस नेपालको उपाधि उचालेकि थिइन ।

Namaste Filmy

Read Previous

सभासद मनोनयनमा कलाकारको प्रतिनिधित्व हुनुपर्ने ।

Read Next

'मासु भनेसी श्री दाई हुरुक्कै' : नायिका झरना थापा ।