शिल्पा आक्रोशित बनेपछि । हेर्नुस 'लज्जा' ट्रेलर ।

[dropcap]मे[/dropcap]घा ब्यानरको प्रतिक्षित फिल्म लज्जाको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आर्यन सिग्देल र शिल्पा पोखरेलको अभिनय रहेको फिल्मको ट्रेलरमा पनि यी दुई कलाकार नै हाबी छन । ट्रेलर हेर्दा फिल्मको कथा प्रेम, सस्पेन्स र एक्शनकै वरिपरि घुमेको बुझ्न सकिन्छ ।  म्युजिक भिडियोमा चर्चित अनुहार शिल्पाको यो नै डेब्यु फिल्म हो । Lajja_Trailor realease1_inफिल्मलाई छविराज प्रोडक्सनको ब्यानरमा दिजेन्द्र शाक्यले निर्माण गरेका हुन । त्यस्तै फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन भने फिल्मको कार्यकारी निर्माता छविराज ओझा हुन । फिल्ममा आर्यन र शिल्पासँगै मिथिला शर्मा, हिउँवला गौतम, किरण केसी लगायतको अभिनय रहेको छ । यसअघि फिल्म लोफर निर्माण गरेको छविराज प्रोडक्सनको फिल्म लज्जा यसबर्षको प्रतिक्षित फिल्मको लिस्टमा परिसकेको छ । फिल्म आउदो तिहारको अवसरमा कार्तिक महिनामा रिलिज गरिनेछ ।

Namaste Filmy

Read Previous

जस्टिन र सेलेनाको पुनर्मिलन ?

Read Next

बाध्यत्मक परिस्थितिले गर्दा चलचित्र "ठुली " भाद्र ६ मा नै प्रदर्शन हुने