चलचित्र टाइगर द रियल हिरोको छयांकन सम्पन्न : राजु गिरीलाई अल्छी भन्नेहरुलाई गतिलो झापड

पछिल्लो समयका ब्यस्त निर्देशक राजु गिरीको निर्देशनमा निर्माणधीन चलचित्र टाइगर द रियल हिरो को सम्पुणै छयांकन सकिएको छ । फिल्म निर्माण घोषणा गरेको केहि समयमै फिल्मको छयांकन सकिएको जानकारी गिरीले नमस्तेफिल्मीलाई गराएका हुन । यसबाट राजु गिरीले फिल्म लिनेमात्र र काम पुरा नगर्ने भन्ने आरोप लगाउनेहरुप्रति गतिलो झापड लागेको छ ।1798601_288181041330525_148068064_n
राजु गिरीले फिल्म घोषण गर्ने र पुरा गर्न समय लगाउने भन्दै केही ब्यक्तिहरु उनीसंग काम गर्न हिच्कीचाउथे तर राजुले टाइगर द रियल हिरोको छयांकन छोटो समयमै सफलताका साथ सम्पन्न गरेपछि ती फिल्म निर्माताहरु पछुताउनु स्वभाविक देखिन्छ ।सुरुमा मोहनकृष्ण श्रेष्ठले लगानी गर्ने भनिएपनि फिल्मबाट मोहनकृष्ण श्रेष्ठले हात झिकेपछि फिल्मलाई काजल गिरीको प्रस्तुतिमा राजु स्वयमले निर्माण गरेका थिए ।
शुभेच्छा थापासंगको सहकार्यमा निर्माण गरिएको टाइगर द रियल हिरोमा स्वयम राजुकै कथा छ भने अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द, रामजी लामिछानेको नृत्य, मुकेश हुमागाईको छयांकन रहेको छ । फिल्ममा अशोक फुयाल, सुरज रानाभाट, शुभेच्छा थापा, समिक्षा अर्याल, दिपक अर्याल, उत्तम केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
निर्देशक गिरी टाइगर द रियल हिरोको काम सकिएलगतै अन्य विभिन्न फिल्मको लागी ब्यस्त हुने भएका छन । कृष्ण श्रेष्ठको आर्य उनले निर्देशन गर्ने अर्को फिल्म हो भने बिराज भट्टलाई नेपाली फिल्ममा कम ब्याक गराउदै फिल्म युवराज उनले निर्देशन गर्ने फ्रेश प्रोजेक्ट हो ।

Namaste Filmy

Read Previous

म्युजिक भिडीयोकी तिर्सना हिन्दी चलचित्रमा

Read Next

पोखरेली दर्शकहरुले मनपराए झोला