५ दिनमै सय करोड क्लबमा 'सिंघम रिटर्न्स'।

[dropcap][/dropcap]च्च कलेक्सन गरिरहेको फिल्म ‘सिंघम रिटर्न्स’ अन्तत सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले प्रदर्शनको पाँचौ दिनमा १०१.०७ करोड कमाएको हो ।  ३२.०९ करोडको ब्यापार गर्दै शानदार ओपनिङ गरेको फिल्मले शनिबार र आइतबार पनि उच्च कलेक्सन गरेको थियो ।singham-returns_650_081614105842 फिल्मले शनिबार २१.०५ करोड र आइतबार २४.५० करोडको ब्यापार गरेको थियो । योसँगै फिल्मले फस्ट विकेन्डमा नै ८० करोड भन्दा बढी ब्यापार गरेको थियो । तर पछिल्लो दुई दिन फिल्मको ब्यापार सोचेजस्तो रहेन । जसअनुसार फिल्मले सोमबार नै सय करोड कमाउने आशा गरिएपनि मंगलबार मात्रै सो लक्ष्य भेट्टायो ।
यता नेपालको बजारमा भने दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म कोहिनुरका कारण सिंघम रिटर्न्सले उच्च ब्यापार गर्न सकेन ।
रोहित शेट्टिको निर्देशनमा बनेको फिल्ममा अजय देवगण करिना कपुर लगायतको अभिनय छ । फिल्म यसअघि रिलिज भइसकेको फिल्म सिंघम को सिक्वेल हो ।

Namaste Filmy

Read Previous

अश्लील नृत्य देखाइरहेका तीन कलाकार पक्राऊ ।

Read Next

ह्याप्पी बर्थडे अरुणिमा ।