हलिउड स्टार ज्याकी च्यानका छोरा पक्राऊ ।

[dropcap][/dropcap]र्चित हलिउड स्टार ज्याकी च्यानका छोरा जैसीलाई चिनियाँ प्रहरीले पक्राउ गरेको छ । उनलाइए लागुपदार्थ सेवन गरेको आरोपमा पक्राऊ गरिएको हो । फिल्म अभिनेता समेत रहेका ३१ वर्षे जैसीसँगै ताइवानी फिल्मका स्टार तथा गायक २३ वर्षे काई कोलाई पनि थुनामा राखिएको बेइजिङ प्रहरीको आधिकारिक वेबसाइटमा उल्लेख छ।jackie chan and jaysee chan-inदुवैलाई गाँजा सेवन गरेकोमा दोषी पाइएको प्रहरीले जनाएको छ। जैसीको घरबाट सय ग्रामभन्दा बढी लागू पदार्थ बरामद भएको छ। नसालु पदार्थविरुद्ध सुरु गरिएको कडा कारबाहीको क्रममा उनीहरू पक्राउ परेका हुन्। जैसीमाथि अन्य दुव्र्यसनीलाई पनि शरण दिएको प्रहरीले आरोप लगाएको छ। यो अभियोग प्रमाणित भएमा उनलाई चिनियाँ कानुन अनुरूप बढीमा ३ वर्ष जेल हुन सक्छ।
उनको पिता ज्याकी सन् २००९ मा लागू पदार्थ नियन्त्रण राजदूत रहिसकेका छन्। अर्कोतिर काई कोले सन् २००९ मा चिनियाँ भाषा फिल्मको ओस्कार भनिने गोल्डेन हर्स फिल्म अवार्डसमा नवोदित उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए। उनले फिल्म ुयु आर एप्पल अफ माईु का लागि चिनियाँ फिल्म मिडिया अवार्ड पनि पाएका थिए। काई कोले आफूबाट ठूलो गल्ती भएको भन्दै प्रशंसक र समर्थकहरूसँग माफी मागेका छन्। पिता ज्याकी वा छोरा जैसीबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन। पिता भने छोराको पक्राउको सम्बन्धमा बुझ्न बेइजिङ पुगेका छन्।

Namaste Filmy

Read Previous

ह्याप्पी बर्थडे अरुणिमा ।

Read Next

अन्तत: बलिउड स्टार रणवीर र दिपीकाले गरे विवाह ।