'तोरीलाहुरे' हरुले पनि सहयोग गरे ।

काठमण्डौ ,फाल्गुन ५, सोमबार
रिलिज मिति नजिकिदै गर्दा फिल्म ‘तोरी लाहुरेु’को निर्माण युनिटले समाजसेवामा आफ्नो हात बढाएको छ । फिल्म युनिटले भक्तपुरको काँडाघारीमा रहेको सृजनशील बाल गृहमा रहेका अनाथ बालबालिकाहरुकालाइ खाद्यान्न सामग्रीहरु वितरण गर्‍यो । पाँचदेखि चौध बर्षसम्म उमेरका १४ जना अनाथ बालबालिका रहेको उक्त बालगृहका लागि युनिटले चामल सहितका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो ।

1938061_604634889618442_1834667651_nउक्त कार्यमा फिल्मका निर्देशक एनबी महर्जन, निर्माता दिल कुमार तामाङसहित कलाकारहरू गजित बिष्ट, रोहित रूम्बा, अशिष्मा नकर्मी, समुना केसी लगायत उपस्थित थिए । त्यस्तै फिल्मका नायक गजित विष्टले आफ्नो व्यक्तिगत तर्फबाट पाँच हजार सहयोग गरेका थिए । द्धन्द निर्देशक एनबी महर्जनले निर्देशन गरेको यो कमेडी फिल्ममा सुवास थापा, गजित बिष्ट, रोहित रूम्बा, अशिष्मा नकर्मी, समुना केसी लगायतको अभिनय छ । फिल्मलाई रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा दिल कुमार तामाङ र रोशिफ तामाङले निर्माण गरेका हुन् । फिल्म अगामी फाल्गुन २३ गतेबाट अलनेपाल रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

नेपाली हिरोइन हिन्दि सिरियल हुदै फिल्म खेल्दै ।

Read Next

कमल खत्री र आस्थी "बी"ले झुमाये दर्शकलाई..