कमल खत्री र आस्थी "बी"ले झुमाये दर्शकलाई..

राजु चौधरी ,चितवन, फाल्गुन ५ ,सोमबार
लगातार वर्षापछि पाचौ दिन राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० मा आज घाम लागेपछि दर्शकको उपस्थिति व्यापक रह्यो । चर्चित राष्ट्रिय कलाकार र मौसमले साथ दिएपछि दर्शकको उपस्थिति थामिनसक्नु रह्यो । आज चर्चित हास्यकलाकार ज्योती काफ्ले (नक्कली डा.बाबुराम भट्टराई) ले दर्शकलाई पेट मिचिमिचि हास्न बाध्य बनाए ।
??????????यस्तै अहिलेका चर्चित गायक कमल खत्रीले पनि ‘तिम्रो आत्मामा, झ्यालैमा’लगायतका आधा दर्जन गीत प्रस्तुत गर्दा दर्शकहरु उफ्रिएर गायक खत्रीलाई हौसाएका थिए । पारीलो घाममा दर्शकहरुले खुबै मनोरञ्जन लिए । त्यस्तै चर्चित गायिका आस्था ‘बी’ ले ‘तिमिसंग हुदैन हुदैन प्यार,,मलाई पुगने यो बैसलेलगायतका गीत गाईकि थिइन् । प्रदर्शनीमा दर्शकको उपस्थिति व्यापक रहेपछि सबै जसो स्टलमा दर्शकको भीड लागेको थियो । चितवन उद्योग संघको आयोजनामा जारी प्रदर्शनीमा राखिएका अष्ट्रिच, मह परिसर, घर जग्गा परिसरलगायतका स्टलहरुमा दर्शकहरु झुमिएका थिए । यस्तै रत्ननगर कलामन्दिरका कलाकारहरुले सास्कृतिक प्रस्तुती देखाएका थिए ।
??????????संघका अध्यक्ष कृष्णप्रसाद अधिकारीले मौसमले साथ दिएपछि दर्शकको संख्या सन्तोषजनक रहेको बताउनुभयो । उहाले भोलीका दिनमा अझै दर्शकको संख्यामा वृद्वि हुने विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनीका प्रचार प्रसार समितिका संयोजक राजु पौडेलले भोलीका दिनमा पनि चर्चित कलाकार आउने भएकाले दर्शक व्यापक ओइरिने बताउनुभयो ।
DSCN4640प्रदर्शनी अन्तरगत भोली चर्चित गायक पशुपति शर्मा, सावित्री जोशी, चितवन आईडल, रत्ननगर कलामन्दिकार कलाकारहरुको सास्कृतिक प्रस्तुती रहने कला तथा सास्कृतिक व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठले जानकारी दिनुभयो ।

Namaste Filmy

Read Previous

'तोरीलाहुरे' हरुले पनि सहयोग गरे ।

Read Next

अब राजु गिरिको “टाइगर द रियल हिरो”को गीतले समेत तहल्का मच्चाउने