'मर्दानी' रानी मुखर्जीलाई पाकिस्तानमा प्रतिबन्ध ।

[dropcap][/dropcap]लिउड अभिनेत्री रानी मुखर्जी अभिनित फिल्म ‘मर्दानी’लाई पकिस्तानमा प्रतिबन्ध लगाइएको छ । जसकारण पकिस्तानमा रहेका हिन्दी फिल्मका दर्शकहरुले रानीलाई हेर्न पाएनन् । फिल्मले भारतीय सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएकाले पकिस्तानले प्रतिबन्ध लगाएको हो ।rani-mukherjee पकिस्तानले फिल्ममा समावेश विभिन्न ७ वटा अपात्तिजनक दृश्य हटाउनुपर्ने बताएका थिए । तर फिल्म निर्माताले उक्त दृश्य हटाइएमा फिल्मको कथा नै नबुझिने बताउदै नहाटाएपछि फिल्म प्रतिबन्धित भएको हो । फिल्म निर्माण कम्पनीले सहमतिमै फिल्म नचलाइएको बताए ।
फिल्म गत शुक्रबारबाट रिलिज भएको थियो । पकिस्तानमा प्रतिबन्धित भएपनि फिल्म भारतका विभिन्न १३०० पर्दामा रिलिज भएको थियो । फिल्ममा रानी एक सशक्त प्रहर अफिसरको भुमिकामा छिन । यशराज ब्यानरमा निर्मित फिल्मलाई प्रदिप सरकारले निर्देशन गरेका हुन ।

Namaste Filmy

Read Previous

ज्योतिको स्तन देखिएपछि रोकियो अन्तर्वार्ता ।

Read Next

असोज ३ मा हेर्नुहोस, 'वान साइड लभ' ।