`छ एकान छ` को ‘सक्सेस पार्टी’ । कलाकार र प्राबिधिकहलाई बोनस वितरण

चलचित्र ‘६ एकान ६’;ले आइतबार राजधानीमा ‘सक्सेस पार्टी’ दिएको छ ।२०७० साल पौष २६ देखि प्रदर्शन भएको चलचित्र “६ एकान ६”२०७० सालको हिट फिल्मको लिस्टमा परेको चलचित्र हो । चलचित्र ब्यबसाहिक रुपमा सफल भए पछि चलचित्र प्रदर्शन भएको ८ महिना पछि आईतबार साँझ रात्रि भोज सहितको समारोहमा “६ एकान ६” निर्माण गरेका दीपकराज गिरीले आफ्नो फिल्मका सम्पूर्ण टेक्निसियन कलाकारहरु तथा सहयोगीहरुलाई बोनस रकम वितरण गरिएको छ ।
6 yakane6फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरीले प्राविधिक तथा कलाकारहरुले गरेको मेहनतलाई सम्मान गरौं भन्ने उद्देश्यले यो बोनस वितरण गरिएको बताउनु भएको छ । कार्यक्रममा सम्मान स्वरूप स्व.शिव रेग्मीलाई ५१ हजार रुपैंया प्रदान गर्ने घोषणा गरियो । त्यसैगरी सुनकोशी बाढी पीडितलाई २५ हजार र चलचित्र पत्रकार संघलाई १५ हजार पनि दिने घोषणा गरियो ।चलचित्र ‘६ एकान ६’को ‘सक्सेस पार्टी’ तथा बोनस रकम वितरण समारोहमा चलचित्रका निर्देशक दिनेश डिसी र हिरोइन नीता ढुंगाना सहित संगीतकार शम्भूजीत बाँस्कोटाको उपस्थिती देखिएन्।
6 yakane 6कार्यक्रममा यसरि चलचित्रका निर्देशक र नायिका उपस्थित नहुनुलाई निर्मल शर्मा र दीपाश्री निरौलासंग चिसिएको सम्बन्धको कारण अनुमान गरिएको छ ।यसअघि वि.सं. २०५८ मा आफ्नो मान्छे फिल्मले मनाएको ५१ दिने सफलताको खुशीमा निर्माता केशव भट्टराईले आफ्नो प्राविधिक एवं कलाकारहरुलाई बोनस रकम बितरण गरेका थिए ।यसैको सफलताको खुसी साटिरहँदा निर्माता गिरीले ‘वडा नम्बर छ’ निर्माण गर्ने औपचारिक घोषणा गरे भने वितरक गोपाल कायस्थले ‘वडा नम्बर छ’ निर्माणका लागि एड्भान्स स्वरूप रू. एक लाखको चेकसमेत निर्माता गिरीलाई दिएका छन् ।

Namaste Filmy

Read Previous

परिस्थितिले रचेको इतिहास :कोहिनूर

Read Next

नेपाली मोडलले फेसबुकमै नाङगो फोटो राखेपछि ।