भगवानसँग स्वेताको पुकार : भुलेर पनि यस्तो दुख कसैलाई नदेऊ ।

[dropcap][/dropcap]ति उर्फ नायक श्रीकृष्ण श्रेष्ठको निधनसँगै बिक्षिप्त नायिका स्वेता खड्काले फेसबुकमा आफ्नो भावना पोखेकी छिन । उनले पतिको निधनपछि फेसबुकमा पहिलोपटक आफ्नो मनको कुरा खोलेकी हुन ।shweta khadka and shreekrishna shresthaफेसबुक पेजमा उनले आफ्नो दुख देखेर भगवान पनि पछुताएको हुनसक्ने भाव ब्यक्त गरेकी छिन । भगवानप्रति अझै पनि अलिकति बिश्वास भएको र आफुलाई जस्तो दुख भुलेर पनि अरुलाई नदिनको लागी भगवानसँग बिन्ती गरेकी छिन । आफुलाई साह्रै गाह्रो भएको भन्दै उनले लेखेकी छिन :
भगवन पनि पछुतायो होला अब त , गल्ती गरेछु भनेर………
को सँग दुख Share गरौ भगवान जब तिमीले यति दुख दिएपछी कमसेकम हे भगवन भन्ने ठाउ त राख्दिनु पर्छ ??? अब त त्यो ठाउ पनि बाकी रहेन ?? अजै पनि अलिकती बिश्वास छ हामिलाई जे गर्‍यो मलाई जती दुख दिएउ please कसैको जिवन मा भुलेर पनि एस्तो दुख नदेउ भगवन । please सह्न गाह्रो भयो मलाई…………….
स्टाटस सँगै उनले श्रीसँगै खिचिएको दुई सुन्दर तस्वीरहरु समेत पोस्ट गरेकी छिन ।

Namaste Filmy

Read Previous

रेखाको ‘हिम्मतवाली’ सेन्सर पास

Read Next

ओस्कार अवार्डका लागी छानियो चलचित्र 'झोला' ।