ओस्कार अवार्डका लागी छानियो चलचित्र 'झोला' ।

Jhola-Nepali-Film-2 [dropcap]ने[/dropcap]पाली दर्शकहरुमाझ सर्वाधिक रुचाइएको नेपाली कथानक चलचित्र ‘झोला’ ओस्कार अवार्डका लागी छनौट भएको छ । नेपाली चलचित्रहरु मध्य ‘झोला’ र ‘मोक्ष’ ओस्कार अवार्ड पुग्नको लागी प्रतिस्पर्धामा रहेका थिए । ओस्कार फिल्म छनौट समितिले मंगलबार फिल्म ‘झोला’लाई ओस्कार अवार्डमा पठाउने निर्णय गरेको हो । समितिका अध्यक्ष फिल्म निर्देशक बिमल पौडेलले नेपाली परिवेशको कथाबस्तु र नेपालीहरुले पनि अत्याधिक रुचाइएकोले फिल्मलाई ओस्कार प्रतिस्पर्धामा पठाउने निर्णय गरिएको बताए । फिल्म ‘झोला’ले नेपाली संस्कृतिलाई बिदेशमा फैलाउन मद्दत गर्ने पनि पौडेलले बताए ।

फिल्म झोलालाई यादव भट्टराईले निर्देशन गरेका हुन । सतिप्रथाको कथा समेटिएको फिल्ममा गरिमा पन्त, देशभक्त खनाल, लक्ष्मी गिरी लगायतको अभिनय रहेको छ ।यता फिल्म मोक्ष राम्रो र उत्कृष्ट हुदाहुदै पनि कथा र प्रस्तुति अनुसार झोला छानिएको पौडेलको भनाई छ ।
ओस्कार अवार्ड बिश्वकै सबैभन्दा ठुलो फिल्म अवार्डको रुपमा चिनिन्छ । यो अवार्ड समारेह आउदो बर्षको जनवरी २२ मा लस एनजल्समा सम्पन्न हुनेछ ।

Namaste Filmy

Read Previous

भगवानसँग स्वेताको पुकार : भुलेर पनि यस्तो दुख कसैलाई नदेऊ ।

Read Next

शाहरुखलाई अन्डरवर्ल्डको धम्की । घरनजिकै फायरिङ ।