अब राजु गिरिको “टाइगर द रियल हिरो”को गीतले समेत तहल्का मच्चाउने

राजेन्द्र कार्की, हेटौडा ,फाल्गुन ५ ,सोमबार
राजु गिरी चलचित्रका माध्यमबाट मात्रै चर्चामा आउने होइन की उहाँद्धारा निर्देशित चलचित्रका गीतका कारणले पनि चर्चामा आउने गरेका छन् । चलचित्र बिन्दासको बाटो मोडेर गयौ …र अहिले चलचित्र बिन्दास २ को गीत “सुन्छु तिमीले मलाई भुल्ने आटेकी छौ रे.. “बोलको गीत स्रोताहरुको अत्यधिक सी.आर. बिटी र पी.आर.बिटी. रोजाइमा परेको थियो भने अहिले गिरिद्धारा निर्देशित चलचित्र “द टाइगर रियल हिरो”को “होला र मिलन अब हाम्रो कहिले तिमीले अन्तै रोजे पछि साथ “……….”बोलको गीतले तहल्का मचाउने पक्का पक्कि देखिएको छ । अर्जुन पोख्ररेलको संगीत ,उत्तम कंडेलको शब्द,र दुर्गा खरेलको स्वर रहेको जुन गीत स्रोताहरुले सी.आर. बिटी. ०१४००१२२८४ र पी.आर.बिटी. ६०२१०८३६ आफ्नो मोवाइलमा लोड गरे पछि सुन्न पाइन्छ ।चलचित्र “टाइगर द रियल हिरो”को भी.सी.डी राईट र गीत बुडा सुब्बा मूजिक कम्पनीले छ लाख पचास हजारमा किनेको छ भने चलचित्र र चलचित्रको गीत एक वर्ष सम्म प्रमोसन समेत गर्ने भएको छ । चलचित्रको सुटिंग अगाडी नै  सो कम्पनीले “टाइगर द रियल हिरो”लाई दुइ लाख पेस्की समेत दिएको छ  ।
Tiger-the real hero_first lookअहिले युटुबमा डाउन लोड नगरिएको गीत दुइ हजार जना स्रोताहरुले आफ्नो मोबाइलमा सी.आर. बिटी र पी.आर.बिटी. हाली सकेका छन् । राजधानी भन्दा पनि बाहिर बडी डाउन लोड भएको पनि जानकारी प्राप्त हुन आएको छ । अझै यो गीतलाई टिभिका लागि पनि लोड गरिने हो भने बिन्दास २ को अत्यधिक रुचाइएको गीतको लाई समेत माथ ख्वाउने निश्चित रहेको चलचित्रका निर्देशक गिरिले नमस्तेफिल्मीलाई बताउनु भएको छ । राजु गिरीको सबै जसो फिल्ममा अहिलेका चर्चित एबम सफल संगीतकार अर्जुन पोख्ररेलको संगीत रहेको छ ।राजु गिरिद्धारा लगानी गरिएको उक्त चलचित्रको कथा र निर्देशन समेत स्वयंले नै गर्नु भएको हो । चलचित्रका कलाकारहरुमा शुभेच्छा थापा, अशोक फुयाल, दिपक कंडेल, सुरज रानाभाट, अमित पल, पुजा राना, समिक्षा अर्याल लगायतका रहेका छन् । काठमाण्डौं उपत्यकामा मात्र छायाँकन गरिएको सो चलचित्र २३ दिनमा इन्ड गरिएको थियो । चलचित्रका द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको, नुत्य रामजी लामिछानेको रहेको छ । चलचित्रको इडिटिङ्को कार्य भइरहेको र श्रावण महिनाको पहिलो हप्ता भित्र प्रर्दशन गरिने तयारी गरिरहेको पनि निर्देशक गिरिले बताउनु भएको छ ।

Namaste Filmy

Read Previous

कमल खत्री र आस्थी "बी"ले झुमाये दर्शकलाई..

Read Next

बिमान दुर्घटनामा ज्यान गुमाउने एयरहोस्टेस नेवारी फिल्मको हिरोइन । नायिका अशिस्मा नकर्मीको क्लासमेट ।