असोज ३ मा आर्यनको 'नाइके' ।

[dropcap][/dropcap]कलेटी स्टार आर्यन सिग्देल अभिनित पछिल्लो फिल्म नाइके अन्तत असोज ३ गतेदेखि अलनेपाल रिलिज हुने भएको छ । यसअघि भदौ १३ गते नै रिलिज गर्ने भनिएको फिल्म विभिन्न प्राविधिक कारण पोस्टपोण्ड गरिएको हो । फिल्ममा आर्यन ग्याङस्टारको नाइकेको भुमिकामा छन । पोखरा आसपासका ग्याङस्टारहरुको कथामा फिल्म निर्माण गरिएको हो ।Naike फिल्मलाई युवा निर्देशक नेत्र गुरुङले निर्देशन गरेका हुन । उनले यसअघि विभिन्न म्युजिक भिडियो तथा फिल्महरु निर्देशन गरिसकेका छन । ब्ल्याक स्याडो प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता विष्णु हमाल हुन् । फिल्मका निर्मातामा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षत्री र रेशा गुरूङ रहेका छन् । एक्सन र लभस्टोरीको मिश्रण फिल्म नाइकेमा आर्यन का अलवा रेम बिक, सुरविना कार्की, बोधराज रेग्मी, सारिका केसी लगायतको अभिनय रहेको छ । फिल्मको सम्पुर्ण छयांकन पोखरा आसपासका रमणिय स्थानमा गरिएको हो ।

Namaste Filmy

Read Previous

'सरी ल' ट्रेलर र आइटम गीत हेर्नुहोस । भिडियो ।

Read Next

'ताण्डव'को बक्सअफिस कलेक्सन । ४ दिनमा ५९ लाख ।