तीजमा गुन्जियो 'धुन'को सँगीत ।

[dropcap]ने[/dropcap]पाली कथानक चलचित्र ‘धुन’को अडियो सार्वजनिक गरिएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा बिहिबार फिल्म ‘धुन’को अडियो सार्वजनिक गरिएको हो । सार्वजनिक फिल्मको सम्पुर्ण गीतहरुमा शब्द तथा सँगीत लक्की सिटौलाको रहेको छ । dhoon-posterचलचित्र धुनको हाल प्राविधिक काम भइरहेको छ । शुशिल शाह प्रस्तुतकर्ता रहेको फिल्मका निर्माताहरु श्रेया दुलाल, बिनोद भट्ट, मधुसुदन ढकाल हुन । साँगितिक प्रेमकथा बोकेको फिल्मको निर्देशन कृष्ण पौडेलले गरेका हुन । पौडेलको यो डेब्यु निर्देशन हो । फिल्ममा जीवन लुइटेल, मुकेश ढकाल, निता ढुङगाना, उमा बेबी, श्रेया दुलाल लगायतको अभिनय रहेको छ । निर्देशक पौडेलका अनुसार जीवन भनेको सुख दुखको सम्मीश्रण हो र जुन सम्मीश्रण नै जीवनको अर्को धुन हो भन्न कथा फिल्ममा छ । फिलमको प्रदर्शन मिति भने तोकिएको छैन ।

Namaste Filmy

Read Previous

सेक्सी पुनम पाण्डेमाथी फेसबुकको कारबाही ।

Read Next

तेस्रो साता सकिदा चलचित्र ‘कोहिनुर’मा दर्शकको चाप झन् बढ्दै । तीजको दिन हलमा दर्शकको ओवर फुल