बिमान दुर्घटनामा ज्यान गुमाउने एयरहोस्टेस नेवारी फिल्मको हिरोइन । नायिका अशिस्मा नकर्मीको क्लासमेट ।

फाल्गुन ६, काठमाण्डौ ।

गत  आइतबार पोखराबाट जुम्लाको लागी उडेको नेपाल बायु सेवा निगमको बिमान दुर्घटनामा परि ज्यान गुमाउने एयर होस्टेस मुना महर्जन नेवारी फिल्मकि नायिका रहेको रहस्य खुलेको छ । अहिलेकि ब्यस्त नायिका अशिष्मा नकर्मीले यसबारेमा जानकारी गराउदै मुना आफ्नो कलेज लाइफको क्लासमेटसमेत रहेको बताएकि छिन । कुलेश्वरस्थित रिचमण्ड कलेजमा प्लस टु पढदा मुना आफ्नो क्लासमेट रहेको बताउदै अशिष्माले करिब ६ महिनाअघि मात्रै एयरपोर्टमा मुनालाई भेटेको बताइन ।1मुनाको इच्छा र स्वभावहरु हेर्दा कुनैपनि एंगलबाट एयर होस्टेस बन्ने खालको नदेखिएपनि आफु अमेरिकाबाट फर्किदा उनी एयरहोस्टेस बनिसकेको बताउदै अशिष्माले अहिले अत्यन्त दुख लागेको बताइन । अशिष्माका अनुसार मिडिया क्षेत्रमा समेत अत्यन्त रुची राख्ने मुनाले सुवास रामलाक्षीको निर्देशनमा एक नेवारी फिल्ममा अभिनय गरेकि थिइन र नेपाल भाषाको एक म्युजिक भिडियोमासमेत अभिनय गरेकि थिइन ।  मुना गत आइतबार पोखराबाट जुम्लाको लागी उडेको बिमान दुर्घटनामा परेकी हुन ।resize_image.phpनेपाल बायु सेवा निगमको ४३ बर्ष पुरानो नाइन एन ए बीबी टवीनअटर बिमान आइतबार दिउसो सम्पर्कबिहिन भएको थियो । खोजीका क्रममा सोमबार मोबाइल सिग्नलको अधारमा अर्घाखाचीको मसिनेलेकमा भेटिएको क्षतबिक्षत बिमानमा मुनासंगै चालक दलका दुई र अन्य १५ यात्रु सवार थिए । बिमान दुर्घटनामा सबै यात्रुले ज्यान गुमाएका छन ।

Namaste Filmy

Read Previous

अब राजु गिरिको “टाइगर द रियल हिरो”को गीतले समेत तहल्का मच्चाउने

Read Next

किरणले भने आइ लभ यु । 'खुडकिलो' को प्रोमो हेर्नुहोस ।