आश्मा को मुस्कान संगै 'आभास'को फष्ट लुक ।

शुसन घिमिरे, पोखरा

[dropcap][/dropcap]गामी पुस २५ देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आभाष’ को फस्ट लुक तस्बिर सार्वजनिक भएको छ । सम्पादकबाट निर्देशक बनेका सुरेन्द्र पौडेलले ‘आभाष’ लाई निर्देशन गरेका हुन् । बच्चैदेखी केटालाई प्रेम गर्ने केटीको समर्पण र केटाको उपेक्षा बाट र्सिजना हुने द्धन्द्ध लाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक पौडेल ले बताए । Abhash-nepali movieचलचित्रमा पटकथा हेमराज बिसी र स्वयम् निर्देशक पौडेल को रहेको छ ।संचारक्षेत्र हुदै अभिनय यात्रामा लागेकी आश्मा डिसी को यो डेब्यु चलचित्र हो । चलचित्रमा आश्मा का अलवा संयम पुरी,सलोन बस्नेत को अभिनय रहेको छ । रोमान्टिक ड्रामा श्रेणी को चलचित्र ‘आभाष’क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । गोविन्द शाही र दीपक शाहीको संयुक्त लगानीमा निर्माण भएको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

Namaste Filmy

Read Previous

गरिमाले भनिन 'राम तिमी नै कृष्ण तिमी नै' ? भिडियो ।

Read Next

चितवनमा ‘ढकाल सुमधुर साँझ–२०७१’ हुने