चितवनमा ‘ढकाल सुमधुर साँझ–२०७१’ हुने

राजेन्द्र आचार्य ,चितवन, १४ भदौ ।
आगामी असोज २४ गते चितवनको भरतपुरमा ‘ढकाल सुमधुर साँझ’ हुने भएको छ ।गायक रामकृष्ण ढकालले चितवनका स्थानीयसँग मिलेर आफ्नो सांगीतिक कार्यक्रम गर्ने भएका छन् ।सेढाइ होल्डिङ्को आयोजनामा असोज २४ गते भरतपुरमा ढकाल ‘सुमधुर साँझ’ हुने लागेको हो ।भरतपुरमा आज आयोजित पत्रकार सम्मेलनमा गायक ढकालको सांगीतिक कार्यक्रम गर्न लागेको जानकारी दिइयो ।
ramkrishnaहोटल गार्डेनमा हुने कार्यक्रममा ढकालका आफ्नै सांगीतिक समूहको प्रस्तुत रहने छसेढाई होल्डिङ्का प्रबन्ध निर्देशक एवं कार्यक्रम संयोजक निर्देश सेढाइले जानकारी दिए ।जसका लागि दुई सय ५० वटा टिकट बिक्री वितरण गरिने छ ।कार्यक्रम दाता इभेन्ट म्यानेजमेन्टको व्यावस्थापनमा हुन लागेको हो । दाता इभेन्टको यो १५ औँ कार्यक्रम रहेकाले पनि भव्य बनाइने प्रबन्ध निर्देशक दाताराम घिमिरेले बताए ।कार्यक्रम १५ सय र २५ सयका टिकट विक्रीका लागि राखिएका छन् । टिकट लिने दर्शकलाई स्न्याक र डिनर फ्रि व्यवस्था गरिएको छ । कार्यक्रम गर्न करिव ३ लाख ५० हजार खर्च हुने अनुमान स्थानीय आयोजकको छ । चाड पर्वको समयमा युवा पुस्ताहरुलाई लक्षित गरी कार्यक्रमको आयोजना गरीएको समेत आयोजकले जनाएको छ ।कार्यक्रममा ढकालसँगै अन्य केहि साँगितिक समुहाको समेत प्रस्तुति रहने बताइएको छ ।

Namaste Filmy

Read Previous

आश्मा को मुस्कान संगै 'आभास'को फष्ट लुक ।

Read Next

फिल्मको प्रभाव । मन थाम्न नसकेर दाजु बहिनीले गरे यौन सम्पर्क ।