तितो परिवेशको मिठो प्रस्तुती चलचित्र आगो–२

राजेन्द्र कार्की÷काठमाण्डौं
aago२०६३ सालको जनआन्दोलन र १० वर्षे जनयुद्ध पछि नेपाली जनताहरुले राजनितिक परिवर्तका साथसाथै सामाजिक, आर्थिक रुपान्तरण सहित नेपाली जनताको जीवन स्तरमा ब्यापक परिवर्तन आउने आशामा थिए । तर हरेक परिवर्तन आम नेपालीहरुका लागि कुनै फलिफाप शिद्ध हुनुको बदला झनै दैनिकी नै कठोर बन्दै गइरहेको तितो तर यर्थात हाम्रो सामु घाम जत्तिकै छर्लङ्ग छ ।
यस्तै तिता कथावस्तुहरुको साथमा नेपाली चलचित्र आगो–२ लाई वरिष्ठ निर्देशक मदन घिमिरे मिठो, सरल र सहज रुपमा प्रस्तुती गरेका छन । राजनितिक कथावस्तु र वर्तमान परिस्थतीको संयोजन सहितको यस चलचित्र सबै तह तप्का तथा वर्गकाहरुको आकर्षण बन्नेमा निर्देशक घिमिरे निश्चिन्त हुनु हुन्छ । डेब्यू नायक किसन सुनार र लोकप्रिय नायक शुशिल क्षेत्रीको उत्कृष्ठ द्धन्द्धका दृष्यहरुको संयोजन रहेको यस चलचित्रमा द्धन्द्ध निर्देशक रोशन श्रेष्ठले द्धन्द्धका लागि नयाँ शैली र स्वरुप दिएका छन । असोज महिनामा प्रर्दशनमा आउने तयारी भइरहेको यस चलचित्र पोखरा, नारायणगढ, काठमाण्डौं, नवलपरासीका चलचित्रगृहहरुमा च्यारिटी शो प्रर्दशनको तयारी समेत भइरहेको निर्देशक घिमिरेले बताउनु भएको छ ।
चलचित्र ‘आगो २’ असोज ३१ गते बाट देशभरका हलहरुमा प्रर्दशन हुने भएको छ । एस के एन सिनेमा प्रालीको ब्यानरमा बनिरहेको फिल्म किसान पोखरेलको प्रस्तुतीमा बनेको हो । फिल्मका निर्माताहरुमा बिजय लामा , कर्ण थापा किरण ,गुणराज राजभण्डारी  रहेका छन ।चलचित्रमा शुशिल क्षेत्रि , गणेश गिरी , किशन सुनुवार , सारीका घिमिरे , प्रिया रिजाल ,गणेश उप्रेती, रविन्द्र खड्का लगायतको कलाकारको मुख्य अभिनय रहेको छ ।एक दशक अघि निर्माण भएको आगोको सिक्वेलको रुपमा रहेको छ ।

Namaste Filmy

Read Previous

फिल्मको प्रभाव । मन थाम्न नसकेर दाजु बहिनीले गरे यौन सम्पर्क ।

Read Next

शिव श्रेष्ठले गरे क्षितिजाको बुटिकको उद्घाटन