शिव श्रेष्ठले गरे क्षितिजाको बुटिकको उद्घाटन

राजेन्द्र कार्की÷
काटमाण्डौं । कुनै समय निकै नै चर्चामा रहेकी मोडेल तथा नेपाली चलचित्रकी नायिका क्षितिजा शाक्यले आईतबार देखि आफ्नो ब्यावसायीक रुपमा बुटिक संचालनमा ल्याएकी छिन । राजधानीको न्यूरोडमा आज अपरान्ह नायक शिव श्रेष्ठले औपचारिक रुपमा उद्घाटन गरेका छन् । न्यूरोड स्थित एनएमवि ब्याकं रहेको भवनमा संचालनमा आउने उक्त बुटिक स्थलको नाम “क्षितिजा फेसन हाउस” नामाकरण गरिएको छ ।
shiva shrestha2यस बुटिकमा महिलाहरुले प्रयोगमा ल्याउने विभिन्न किसिमको रेडिमेट तथा अर्डर अनुसारको पहिरनहरु तयार गरिन्छ भने तयारी पोसाकका लागि आवश्यक पर्ने कपडा समेत उपलब्ध हुने बुटिकका संचालक समेत रहेकी शाक्यले बताउनु भएको छ । आजकल महिलाहरुको फेसनमा विविधता अपनाइने प्रचलन भएकोले पनि उहाको आफ्नो स्टलमा महिलाहरुलाई आवश्यक पर्ने सबै प्रकारका पहिरनहरुको सुविधा उपलब्ध गराइएको पनि बताउनु भएको छ । बुटिक उद्घाटन कार्यक्रममा नायिक शिव श्रेष्ठको साथमा उहांकी छोरी र श्रीमती समेतको उपस्थित रहेको थियो । लामो समय पछि नेपाली चलचित्र वागमतीबाट अभिनयमा फर्कीन लाग्नु भएका नायक श्रेष्ठ बडो फूर्तिलो साथ उपस्थितहरु लागि अभिवादन गर्दै स्थल भित्र प्रवेश गर्नु भएको थियो । नायक श्रेष्ठ उद्घाटन कार्यक्रममा आउने खबर केहि समय अघि मात्र सार्वजनिक गरिएको भए पनि उहांको आगमनको प्रतिक्षामा स्थल अगाडि फ्यान तथा शुभचिन्तकहरुको भित्र निकै नै खच्चाखच्च देखिन्थ्यो । उद्घाटन कार्यक्रममा चलचित्र वागमतीका निर्माता अनिष नापित, निर्देशन सन्नी तथा निर्माण ब्यवस्थापक नगेन्द्र घिमिरेको समेत उपस्थित रहेको थियो । चलचित्र वागमतीमा महानायक राजेश हमालसंग नायक श्रेष्ठ देखिंदै हुनु हुन्छ । चलचित्रको छायांकंन कार्य भाद्र २८ गतेमा पोखराबाट प्रारम्भ हुंदैछ ।

Namaste Filmy

Read Previous

तितो परिवेशको मिठो प्रस्तुती चलचित्र आगो–२

Read Next

'ह्याप्पी न्यू इयर' सग 'लज्जा' मात्रै हैन 'स्टुपिड मन" पनि भिड्ने