२०१४ मा उत्कृष्ट भएको फिल्म हेर्नेको घुईचो

अप्सरा समाल, भदौ–१६, उदयपुर
अत्यन्तै रोचक तथा शिक्षामुलक फिल्महरु (घुम्ती किम्फ २०१४) शनिबार र आईतबार गाईघाटमा प्रदर्शन भएको छ । नेपाल पत्रकार महासंघ उदयपुर र हिमाल एसोसिएसनको संयुक्त आयोजनामा २०१४ मा उत्कृष्ट भएका फिल्महरु प्रदर्शन भएको हो । सर्व साधरण नागरीकलाई यो वर्षका उत्कृष्ट फिल्म हेर्ने अवसर प्रदान गर्ने उदेश्यले (घुम्ती किम्फ) ले देशको विभिन्न ठाउमा फिल्म प्रर्दशन गरीरहेको छ ।
kimff film
फिल्म शिक्षा मुलक र सुचना मुलक भएकोले अन्तिम दिन आईतबार (हिजो) वेलुका उदयपुरमा फिल्म निशुल्क प्रदर्शन गरीएकोे हिमाल एसोसिएसनकी फिल्म फेस्टिभर डाईरेक्टर रम्याता लिम्बुले बताउनुभयो । सोमबार(आज) ईटहरीमा प्रदर्शन गर्ने र तेस पछि विरगंज हुदै काठमाण्डौ फर्कने लिम्बुले बताउनुभयो । उदयपुरमा आईतबार मात्र २ हजार जनाले फिल्मको अवलोकन गरेका छन् । त्यस्तै यता घुम्ती किम्फको अर्को टोली पश्चिमको रोल्पा, प्युठान, नवलपरासी, बुटवल तिर प्रदर्शनमा हिडिरको छ । फिल्ममा द्वन्द्व, श्रम, विभेद, गरिबी, अशिक्षा, सगरमाथा आरोहणका कठिन अवस्था, विदेशमा पिडा, यार्सा टिप्दाको समस्या, विपदबाट जोगिने उपाय लगायतका कुराहरुलाई अत्यन्तै रोचकतापूर्वक फिल्महरुमा समेटिएको छ ।

Namaste Filmy

Read Previous

'ह्याप्पी न्यू इयर' सग 'लज्जा' मात्रै हैन 'स्टुपिड मन" पनि भिड्ने

Read Next

आर्यनलाई मात लागे पछि शिल्पालाई बात लागो (भिडियो सहित )