'श्री ५ अम्बरे'को गीत सार्वजनिक (भिडियो सहित )

२०७१ सालमा प्रदर्शन हुने प्रतिक्षीत चलचित्रहरुको सुचीमा रहेको चलचित्र ‘श्री ५ अम्बरे’ले आफ्नो प्रदर्शन मिती घोषणा गरे लगत्तै चलचत्रिको प्रचार प्रसार आक्रामक बनाउँदै लगेको छ । मंसिर ५ गते राजा फर्कदै छ भन्दै संचार माध्यममा देखिएको चलचित्रले आफ्नो चलचित्रमा रहेका ५ वटा गीतमध्ये ‘जब सपनीमा आइरहन्छौ’ बोलको गीतलाई निर्माण पक्षले बजारमा ल्याएको छ ।
shree 5 ambeउक्त गीतलाइ चर्चित संगीतकार बसन्त सापकोटाले संगीत दिएका छन् । डा. कृष्णहरी बरालको शब्द रहेको गीतमा प्रल्लाद तिमील्सेना र मिलन अमात्यले स्वर भरेका छन् । कर्णप्रिय गीत संगीत भएकोले दर्शक श्रोताले मन पराउने कुरा चलचित्रका निर्माता दीपक आचार्यले बताए । ‘श्री ५ अम्बरे’ जीवनसाथी फिल्म्स् प्रा.लि.को तेस्रो चलचित्र हो । चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, यम बुद्ध, विक्रम सिंह, मतिन खान लगायतको अभिनय रहेको छ भने चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी छिन् । श्री ५ अम्बरे टि.एन् आचार्य र दीपक आचार्यको संयुक्त लगानीमा निमार्ण भएको हो । सो चलचित्र मंसिर ५ गतेदेखि देशभरका सिनेमा हलमा लाग्नेछ ।
गीत हेर्नुहोश :

Namaste Filmy

Read Previous

सरकारले सेलिब्रेटी कार्ड प्रदान गर्न कार्यदलको गठन

Read Next

आखिर कस्तो चलचित्र हो विर्खेलाई चिन्छस् ?