आखिर कस्तो चलचित्र हो विर्खेलाई चिन्छस् ?

राजेन्द्र कार्की
नेपाली समाजको जीवन्त कथा विर्खेमा पहिचानहिन अवस्थामा जीवन जीउन बाध्य भइरहेका अधिकांश नेपालीहरुको जीवनसग आधारित चलचित्र हो  विर्खेलाई चिन्छस् । आफ्नो योग्यता, क्षमता , चाहना र तत्पर्ता हुदा हुदैे पनि पदमा हुनेहरु र कथित समाजका ठूलाबडा हरुसंगको सामिप्यता, नातासम्बन्ध, राजनितिक तथा अन्य कारण्ँहरुले गठजोड नहुदां लाचार र निरिह भई जीवन गुजार्न बाध्य भएका नेपालीहरुको जीवन्त कथा हो विर्खेलाई चिन्छस् ।
birkhelai chinchas आफुसं जीवन संर्घसमा बाच्नका लागि प्रयाप्त योग्यता क्षमता, सिप र कला हुदा हुदैे को अवस्थामा पनि ति सबै औजारहरु अर्थहिन सम्झेर बाचीरहेका धेरै नेपालीहरु हाम्रो माझ छन । मै लाउ“ मै खाउ“ अनि मै मात्र बाँचु त्यस्तै म मात्रै मान्छे अरु त मान्छे नै होइन । समाजमा आफु मात्र मुल्यवान अरु सबै मुल्यहिन छन् भन्ने मनोरतीमा अरुलाई मुल्यहिन सम्झने बेकारका ध्या“सहरु देखाउनेहरुको संख्या बढ्दो छ । यस्ता कु–विचारले हाम्रो समाजमा कतिपय प्रतिभा र क्षमतावानहरु पलायन हुन बाध्य भएका छन भने कतिपय कुन ओढारमा साघुरिन बाध्य भएका छन कसैलाई थाहा छैन । तसर्थ मान्छेको नाम, उ सगको संगत एस आरामले मात्र उसलाई जोख्ने होइन, उसको प्रतिभा, क्षमता, अर्थात उ भित्र भएको खुबीलाई चिन्न सक्नु पर्दछ भन्ने सन्देश बोकेको यस चलचित्र पूर्णरुपमा मनोरञ्नात्मक रहेको छ ।
नायक सुवास थापाद्धारा निर्माण् गरिएको यस चलचित्रका कथाकार जगदिश्वर थापा हुन । अराज केशवको निर्देशन रहेको छ भने छायाकार निरज कडेल र रामशरण्ँ उप्रेती हुन । गोविन्द राई र गम्विर विष्टको नृत्यु निर्देशन रहेको यस चलचित्रको संगीत सृजना मोहित मुनालको हो । वासुदेव मुनाल, जगदिश्वर थापा र अराज केशवको शब्दलाई प्राश्ना शाक्य, सन्तोष मुनाल र मोहित मुनालले सुमधुर स्वर दिएका छन । चलचित्रका कलाकारहरुमा सुवास थापा, आयुशा राई, विनिता खड्का, सुरेश उप्रेती, वलदिप राई, सुरविर पण्डित, शिशिर राणा लुनिमा तुलाधर, निर्मल शर्मा लगायतका रहेका छन् । सबै मानिसहरु आ–आफ्नो स्वाभिमानमा बाँचेका हुन्छन, प्रत्येक मानिसमा आत्मगौरवको भावना रहेको हुन्छ । त्यसको आवश्यक समयमा उचित मूल्याकंन सबैबाट हुनु प्रर्दछ भन्ने सन्देश बोकेको यस चलचित्रको भाद्र २० गते देशभरी प्रर्दशनको तयारी भइरहेको छ । हामी सबै नेपालीहरुस“गको जीवन सग जोडिएको कथावस्तु भएका कारणले पनि दर्शकहरुको मन जित्न सक्नेमा नायक तथा निर्माता सुवास थापा विश्वस्त हुनुहुन्छ ।

Namaste Filmy

Read Previous

'श्री ५ अम्बरे'को गीत सार्वजनिक (भिडियो सहित )

Read Next

विशिष्ट कथावस्तु बोकेको द्धन्द्ध प्रदान र मनोरञ्जनात्मक चलचित्र हो आगो–२ : निर्देशक घिमिरे