फ्राइडे रिलिज : "बिर्खेलाई चिन्छस्" । सुनिल थापालको अभिनय रहेको "मेरी कोम" पनि प्रदर्शनमा

फ्राइडे रिलिज : फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात भाद्र २० गतेबाट चलचित्र “बिर्खेलाई चिन्छस्”प्रदर्शनमा आएको छ ।तेस्तै श्री कृष्ण अभिनित चलचित्र कोहिनुर पनि पाचौ हप्तामा चल्दै छ भने सुनिल थापालको अभिनय रहेको हिन्दि चलचित्र “मेरी कोम” प्रदर्शनमा आएको छ ।
शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएका चलचित्र “बिर्खेलाई चिन्छस्”को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियोसहित )
“बिर्खेलाई चिन्छस्”
birkhelaee chinchas
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र “बिर्खेलाई चिन्छस्” प्रदर्शनमा आएको छ ।यो शुक्रबार रिलिज हुने यो चलचित्र सिंगल भए पनि चलचित्र कोहिनुर देशै भरि पाचौ हप्तामा प्रदर्शन भएको हुदा चलचित्र “बिर्खेलाई चिन्छस्” ले राम्रो र ठुलो हाल भने न पाउने देखिन्छ ।तेस्तै नेपाली अभिनेता सुनिल थापाले अभिनय गरेको चलचित्र “मेरी कोम”पनि आज बाट नै प्रदर्शनमा आएकोले पनि चलचित्र “बिर्खेलाई चिन्छस्” ले सिंगल रिलिज हुने अबसर पाए पनि तेती सजिलो छैन ।चर्चित र्यापर अराज केशवले निर्देशन गरेका चलचित्र बिर्खेलाई चिन्छस’लाई अभिनेता सुवास थापा निर्माण गरिएका हुन् ।चलचित्रमा सुबास थापा,आयुषा राई, विनिता खड्का, लुनिभा तुलाधर, निर्मल शर्मा, शिशिर भण्डारी ,सुरेश उप्रेती लगायतको कलाकारको मुख्य भूमिका रहेको छ ।नाम सुन्दै कमेडी लग्न सक्ने यस चलचित्र ‘बिर्खेलाई चिन्छस्’ सामजिक कथा बोकेको चलचित्र हो ।समाजमा भएका समस्यालाई पर्दा मार्फत देखाउना खोजिएको छ । चलचित्रमा वैदेशिक रोजगार, उपभोक्ता अधिकार, महंगीजस्ता आम नागरिक सरोकारका मुद्दा पनि उठाइएको छ ।चलचित्रको कथा जगदिश्वर थापाले लेखेका हुन् भने मोहित मुनालको सँगीत रहेको छ भने निरज कँडेलको छायांकन गरेका हुन् ।

Namaste Filmy

Read Previous

निश्चलको 'टलकजंग भर्सेस टुल्के’ कार्तिक १४ मा प्रदर्शन हुने

Read Next

"हिम्मतवाली" को प्रचार प्रसार गर्न रेखा अमेरिकाको बसाई छोटैई नेपाल फर्कदै