नारायणी डान्सीङग स्टारको दोस्रो चरणको अडिसन शनिवार चितवनमा हुने ।देशभरका १ सय ५० सहभागी

सन्दिप भट्ट भरतपुर, भदौं २० ।
नृत्यमा आफनो भविष्य हेर्नेहरुलाई प्लेडफर्म दिने उदेश्यका साथ बृहत सोचका साथ आयोजना गरीएको नारायणी डान्सीङग स्टारको दोस्रो चरणको अडिसन शनिवार  नारायणगढको गंगोत्रीमा रहेको बम्बो हलमा हुने भएको छ । देशभरका प्रमुख छ वटा सहरमा अडिसन सकि १ सय ५० जना छनौंट गरीएको अडीसन विहान ९ वजेवाट सुरु हुने नारायणी डान्सी∙ स्टारका आयोजक संस्थाका प्रभु श्री कला केन्द्रका अध्यक्ष्ँ लेख बहादुर पुनले जानकारी दिए ।
narayani raijin star2यसअघि विरगञ्ज, हेटौंडा, कावाशोती, बुटवल, मुग्लीन, नारायणगढ लगाएतका विभिन्न ६ स्थानमा अडिसन लिईएको नारायाणी डान्सी∙ स्टारका नृत्य निर्देशक राम रिमालले जानकारी दिए ।  नारायणी र लुम्विनी अञ्चललाई लÔित गरि कायक्रमको अयोजना गरिएको भए पनि नेपालको अधिंकाश स्थावाट कार्यक्रममा सहभागीता जनाउको कार्यक्रमका अतिथि सत्कार संयोजक तथा कलाकार दिपक अधिकारीले वताए । बिभिन्न राउन्ड गरी फाईलमा एक जनालाई  नारायणी डान्सीङग स्टारलाई छनौट गरिने अध्यक्ष्ँ पुनले वताए । कायक्रममा प्रथम , दोस्रो र तृतीय हुनेलाई क्रमश नगद १ लाख ५० हजार , ५० हजार र २५ हजार प्रदान गरिने अयोजक संस्थाले जनाएको छ । सथै उनीहरुलाई बिभिन्न म्युजिक भिडियोमा खेल्ने मौका दिनुका सथै गिफट हाम्परहरु पनि प्रदान गरिने वताईएको छ । कार्यक्रमको अन्तिम चरणमा जजको रुपमा नेपाली चलचित्रका चचिर्त नायक दिलीप रायमाजी , नेपालकै चचिर्त गायक राम कृष्ण्ँ ढकाल लगातका रहने अयोजक संस्थाले जनाएको छ । ग्रिनलार्यन मिडियाद्धारा संञ्चालित चितवनको जनप्रिय टेलिभिजन आभास टेलिभिजन कार्यक्रमको सहयोगी टेलिभिजनको रुपमा रहेको छ । कार्यक्रम लुम्विनि र नारायाणी अञ्चलका ११ वटा टेलिभिजनवाट प्रशारण हुनेछन् ।

Namaste Filmy

Read Previous

"हिम्मतवाली" को प्रचार प्रसार गर्न रेखा अमेरिकाको बसाई छोटैई नेपाल फर्कदै

Read Next

सुनिलको 'मेरी कोम'लाई पहिलो दिन साढे ७ करोड ।