सुनिलको 'मेरी कोम'लाई पहिलो दिन साढे ७ करोड ।

meri kom-in [dropcap][/dropcap]लिउडका चर्चित अभिनेता सुनिल थापा अभिनित बलिउड फिल्म ‘मेरी कोम’ ले पहिलो दिनमा साढे ७ करोडको कलेक्सन गरेको छ । यो कलेक्सनलाई बलिउड बजारमा औसत मान्न सकिन्छ । तर बलिउडका फिल्म विश्लेषकहरुले यो ब्यापारलाई अपेक्षकृत ब्यापारभन्दा निकै न्युन रहेको बताएका छन । सार्वधिक चर्चामा रहेको बायोपिक फिल्मको ओपनिङ धमाकेदार हुनुपर्ने बिश्लेषकहरु बताउछन । उनीहरुका अनुसार हिरोइन हाबी भएको हिन्दी फिल्महरुको कलेक्सन विगतदेखि नै औसत हुने गरेको छ । तसर्थ प्रियंका चोपडा स्टारर ‘मेरी कोम’को कलेक्सन पनि सामन्य भएको हो । यसअघि रानी मुखर्जी, विद्या बालन, माधुरी दिक्षित लगायतका फिल्महरुको पनि ओपनिङ उच्च हुन सकेको थिएन ।
‘मेरी कोम’ ओलम्पिक विजेता भारतीय बक्सर ‘मेरी कोम’को जीवनीमा आधारित फिल्म हो । फिल्ममा प्रियंका चोपडा प्रमुख भुमिकामा छिन । सुनिल थापाले प्रियंकाको गुरुको भुमिका निभाएका छन । फिल्ममा सुनिलको कामको भने सर्वत्र प्रशंसा भएको छ । फिल्मलाई ओमुगं कुमारले निर्देशन गरेका हुन ।

Namaste Filmy

Read Previous

नारायणी डान्सीङग स्टारको दोस्रो चरणको अडिसन शनिवार चितवनमा हुने ।देशभरका १ सय ५० सहभागी

Read Next

डेनी सुस्ताएका बेला सुनिल थापा बलिउड पुगे ।