सम्बन्धबिच्छेदपछि एक्लिएका बलिउड हिरो ऋतिकले पाए नया साथी ।

बलिउड अभिनेता ऋतिक रोशनको लागी २०१३ सुखद रहेन । बर्षको सुरुवातमै मस्तिष्क सर्जरी गराएका उनले बर्षको अन्त्यतिर पत्नी सुजैनसंग सम्बन्धबिच्छेद गरे । यसरी तनाव नै तनावका बिच फिल्म शुद्धि पनि छाडेका ऋतिकले अब भने कसैको साथ पाएका छन ।ritikपछिल्लो समय रणवीर कपुरसंग केहि टाढिएका कट्रिना कैफ उनको नयां साथीको रुपमा आएका हुन । हाल उनीहरु एक अर्काको मनाबल बढाइरहेका छन । नयां फिल्म बैग बैगको सुटिङमा ब्यस्त उनीहरु दुवै एकअर्कासंग अत्यन्त नजिक रहेको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ । केहि दिनअगाडि सिमलामा सुटिङ गरिरहेका बेलादेखि नै ऋतिक र कट्रिना बिच घनिष्टता बढेको थियो । उनीहरु निकट एक स्रोतका अनुसार हाल दुवै आफनो सम्बन्ध टुटेर एक्लिएको बेला एकअर्काको साथ दिइरहेको जनाइएको छ । स्मरण रहोस फिल्म बैग बैगमा ऋतिक र कट्रिना साथसाथ काम गरिरहेका छन । फिल्मको धमाधम सुटिङ चलिरहेको छ ।

Namaste Filmy

Read Previous

किरणले भने आइ लभ यु । 'खुडकिलो' को प्रोमो हेर्नुहोस ।

Read Next

बर्षौपछि बिराजसंग फिल्म खेल्दैछन आर्यन ।