बधाई । गायक/नायक सत्यराज आचार्यलाई पुत्रलाभ ।

[dropcap]सु[/dropcap]गम सँगीतका स्थापित गायक सत्यराज आचार्यलाई पुत्रलाभ भएको छ । शुक्रबार राती अचार्यकी पत्नी अनिता थापा आचार्यले छोरा जन्माएकी हुन । हाल आमा र छोरा दुवैको स्वास्थ्य अवस्था सामन्य रहेको गायक आचार्यले बताए । तर सिजरिङ गरीएकोले केहि दिन अस्पातालमै आराम गर्नुपर्ने उनले जानकारी दिए । Satyaraj acharya-inपुत्रलाभ भएसँगै गायक आचार्य निकै हर्षित छन । उनले छोरा जन्मिएको केहि बेरमा नै समाजिक सञ्जाल फेसबुकमा स्टाटस अपडेट गर्दै आफुले पनि बाबु बन्ने सौभाग्य पाएकोमा सबैसँग खुशी साटे । गायक आचार्यलाई पनि शुभेच्छुक तथा फ्यानहरुले शुभकामना दिने क्रम बढिरहेको छ ।
सुगम सँगीतमा करिब १ हजार बढी गीत गाइसकेका सत्यराज लाखौं स्रोताहरुको मनमा बस्न सफल गायक हुन । उनी पछिल्लो समय नेपाली चलचित्रमा नायकको भुमिकामा समेत देखिएका थिए । गायक तथा नायक आचार्यलाई पुत्रलाभ भएकोमा नमस्तेफिल्मीको तर्फबाट हार्दिक बधाई ।

Namaste Filmy

Read Previous

डेनी सुस्ताएका बेला सुनिल थापा बलिउड पुगे ।

Read Next

कलाकार संघद्धरा रंग पत्रकार विजय अवाज सम्मानित ।